नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले पार्टी सभापतिलाई सभापती म होईन उ भन्दिनुस् भनी आग्रह गर्नुभएकोछ ।
नेपाली काङ्ग्रेस मनहरीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महामन्त्री शर्माले पार्टीको महादिबेशन समयमै हुने समेत जिकिर गर्नुभयो ।
मनहरी ७ स्थित मनकामना मन्दिर परिषरमा बिहिवार भएको कार्यक्रममा जेष्ठ तथा अगुवा नेता तथा कार्यकर्तालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महामन्त्री शर्माले काङ्ग्रेसले ८४ लाई होईन देशको भबिष्यलाई सोच्नुपर्छ भन्दै राजनितीमा गाली भन्ने शब्दनै शब्दकोषबाट हटाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
देशको बर्तमान राजनैतिक गतिरोध फुकाउन अध्यादेश ल्याईएको र यसमा नेकपा माओबादी केन्द्रको समेत समर्थनमा पास हुने जिकिर गर्नुभयो । कुनै पनि पार्टीले आफ्नो क्षमता प्रदर्शन गर्न नपाईएको भन्दै प्रधानमन्त्री कार्यकाल ५ बर्षको आवश्यकता रहेको र ५ बर्षे कार्यकाल लाई जोडदिनुपर्छ भन्दै बिकासको प्रत्यक्ष अनुभुतिको लागि यो पद्धति आवश्यक रहेको बताउनुभयो ।
अधिकांश नेताकार्यकर्ताले आगामी चुनावमा पार्टीको तयारी के हुदैछ र कस्ता ब्यक्तिलाई स्थान दिने हो भन्ने जिज्ञासालाई मेटाउने क्रममा चुनावको भन्दा पनि काङ्ग्रेसलाई आजको चिन्ता रहेको र अब्बल पात्रले टिकट पाउने बताउनुभयो ।
नेतृत्व हस्तान्तरणको सन्दर्भ बोल्दै महामन्त्री शर्माले अब काङ्ग्रेस पार्टीमा म होईन उ भन्ने भावलाई उर्जागर गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेसले नेपालमा धेरै कुराको परिवर्तन ल्याउने सम्बाहक भएको भन्दै काङ्ग्रेसले नै देश हाक्ने बताउनुभयो ।
कार्यक्रममा महामन्त्री शर्मा सहित बागमती प्रदेश पार्टी सभापती तथा प्रदेश सभा सदस्य माननीय ईन्द्र बहादुर बानियाँ,मकवानपुर जिल्ला सभापती बुद्ध लामा, निबर्तमान जिल्ला सभापतिहरु लगाएत अन्य नेताहरुको आरिथ्यता रहेको थियो । कार्यक्रम नेपाली काङ्ग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।