१५ औं राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगिता मकवानपुरको फाईनल खेलको छात्र भलिवल तर्फ राक्सिराङ्ग गाउँपालिका दित्तिय हुन सफल भएकोछ ।
हेटौंडामा सम्पन्न छनोट प्रतियोगितामा राक्सिराङ्ग गाउँपालिका दोश्रो भएको हो । राक्सिराङ्गले पहिलो स्थानको लागि बागमती गाउँपालिकासङ्ग प्रतिस्पर्धा गरेको थियो । दोश्रो बनेको राक्सिराङ्गका छात्र भलिबल तर्फ दुई जना खेलाडीहरु युरोज वाईबा र सन्जोस वाईबाले मकवानपुरबाट बागमती प्रदेशमा सहभागिता जनाउने भएको पनि सुर्योदय माध्यामिक बिधालय राक्सिराङ्ग ३ पलासेका प्रधानाध्यापक सिताराम सुबेदीले जानकारी दिनुभयो । साथै छात्रा कबड्डी तर्फ कृति योन्जनले बागमती प्रदेशमा मकवानपुर जिल्लाबाट खेल्न छनोट भएको जानकारी दिनुभयो ।

१५ औं राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगिता हेटौंडामा यहि फाल्गुन १८,१९ र २० गते सम्म सन्चालन भएको थियो ।