प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव यहि फाल्गुन २१ देखि चैत्र ४ गते सम्म हुने

मनहरी गाउँपालिकाले खेलकुद महोत्सब २०८१ आयोजना गर्ने भएकोछ । बिहिबार आयोजक खेलकुद बिकास समिती मनहरीले लामिटार स्थित प्रशासनिक भवनको “ख” ब्लकमा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव बारे जानकारी दिएको हो ।

खेलकुद महोत्सवमा फुटबल,भलिबल,क्रिकेट,एथलेटिक्स र ब्याडमिन्टन लगाएतका खेल समाबेश गरिनेछ । फुटबल अन्तर्गत अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१, उपाध्यक्ष भलिबल प्रतियोगिता २०८१, टि १० फर्म्याट क्रिकेट प्रतियोगिता, ब्याडमिन्टन र एथलेटिक्स तर्फ १०० मिटर र २०० मिटर डौड रहनेछ । फुटबल तर्फ बिजेता/ उपबिजेताले क्रमश: नगद १,००,०००/- एक लाख रुपैयाँ र ५०,०००/- पचास हजार रुपैयाँ , उपाध्यक्ष भलिबल तर्फ बिजेता/उपबिजेताले क्रमशःनगद ५०,०००/-पचास हजार रुपैयाँ र ३०,०००/- तीस हजार रुपैयाँ , क्रिकेट तर्फ बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,०००/- बीस हजार रुपैयाँ , ब्याडमिन्टन (जोडि तर्फ) बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,००००/-बीस हजार रुपैयाँ , एथलेटिक्स तर्फ २०० मिटर खुल्ला दौड बिजेता र उपबिजेताले क्रमशः १५,०००/- पन्ध्र हजार रुपैयाँ र ७,५००/- सात हजार पाँच सय रुपैयाँ त्यस्तै १०० मिटर खुल्ला दौडको बिजेता/उपबिजेताले क्रमशः १०,०००/- दश हजार रुपैयाँ र ५,०००/- पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथ साथै हरेक प्रतियोगिमा बिधागत रुपमा खेलाडीलाई नगद सहित पुरस्कृत गरिनेछ । हरेक बिधामा मनहरी गाउँपालिकाको वडा भित्रका खेलाडी मात्र समाबेस हुन पाउनेछ ।

खेलकुद महोत्सवमा समाबेश गरिएको खेलहरु मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ मा संचालन हुनेछ ।

फुटबल, क्रिकेट र एथलेटिक्स मनहरी ७ रमौली स्थित मनहरी क्षेत्रीय रंगशालामा संचालन गरिनेछ । त्यस्तै ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा संचालन हुनेछ भने उपाध्यक्ष भलिबल प्रतियोगिता मनहरी ८ सिम्पानी स्थित गणेशधारा फुटबल चौरमा सन्चालन हुनेछ।

खेलकुद महोत्सव सन्चालनको लागि गाउँपालिकाले १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेकोछ । खेलकुद महोत्सवले मनहरी गाउँपालिकालाई थप पहिचान दिलाउन सहयोग गर्ने उद्देश्यलिईएकोछ । त्यस्तै खेलाडी उत्पादन र पहिचानको लागि खेलकुद महोत्सवले थप मद्धत पुग्ने बिश्वास लिईएकोछ ।

यस्तै गरि खेलकुद संगसङै व्यापार महोत्सवलाई पनि स्थान दिईएकोछ । मनहरी ८ सिम्पानी स्थित गणेशधारा खेल मैदानमा व्यापार महोत्सव हुनेछ । दुई सय भन्दा ब्यापारिक स्टल रहने महोत्सवमा एक लाख भन्दा बढीले अबलोकन गर्ने अपेक्षा गरिएकोछ । महोत्सव अबलोकनको लागि सर्बसाधारणको लागि ७० रुपैयाँ र बिद्यार्थीको लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको जानकारी समेत पत्रकार सम्मेलन मार्फत दिईएकोछ। महोत्सव अवधीभर अनुमानित ५ करोड बराबरको कारोबार गर्ने समेत आयोजकको दाबीछ। महोत्सवमा पछिल्लो समयका चर्चित कलाकारहरु दुर्गेश थापा,ज्योती मगर, एलिना चौहान लगाएत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएकोछ ।

मनहरी खेलकुद बिकास समितिको आयोजना तथा मनहरी गाउँपालिका संरक्षक रहेको महोत्सवको ब्यवस्थापन भने एभरेष्ट ईभेन्ट म्यानेजमेन्टले गर्ने आयोजक मनहरी खेलकुद बिकास समितिले जानकारी दिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.