मनहरी गाउँपालिका वडा नम्बर ४ का जननिर्वाचित वडा अध्यक्ष प्रकाश थापाले अपाङ्गता भएका ब्यक्तीलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गर्नुभएकोछ ।
अध्यक्ष थापाले चुनावको बेला ब्यक्त गर्नुभएको प्रतिबद्धता बमोजिम सो कार्य भएको हो । अध्यक्ष थापाले चुनावको बेलामा असहाय, अपाङ्गता र दिनदुखीको लागि आफै अभिवकत्व ग्रहण गर्दै काम गर्ने र स्थानिय सरकारको वास्तविक अनुभुति दिलाउने भन्दै चुनावी मैदानमा उत्रिनुभएको थियो ।
मनहरी ४ निवासी बर्ष १९ को रोशन डिमडुङलाई अपाङ्गता भत्ता प्राप्तिको लागि बैंकमा नागरिकता आवश्यक पर्ने भएकोले उमेर पनि पुगेको अवस्थामा रोशनका आमा राममाया डिमडुङ्ले वडा अध्यक्ष थापालाई जानकारी गराईएको थियो ।
बाथ रोगका कारणले ओछ्यानमा थला परेका रोशनको अवस्था सुनेपछी वडा अध्यक्ष थापाले आफ्नै सक्रियतामा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सबै कागजि प्रक्रिया पूरा गरि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको रोहोबरमा उनको घरमै पुगेर शनिबार नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेसङ्गै रोशनलाई राज्यबाट प्रदान हुने अपाङ्गता भत्ता प्राप्त गर्न सहजता भएकोछ ।
