राक्सिराङ्गमा फरेस्टी क्याम्पसका बिद्यार्थीहरु सालक सम्बन्धी सचेतना जगाउँदै

राक्सिराङ्ग गाउँपालिकामा बन बिज्ञान (फरेस्टी) क्याम्पस हेटौंडामा अध्ययनरत बिधार्थीहरुद्वारा किसानको असली साथी सालकको बारेमा प्रचारप्रसार गरेकाछन्। राक्सिराङ्ग गाउँपालिकाको केन्द्र चैनपुरमा बन बिज्ञान संकायका बिद्यार्थीद्वारा सुर्योदय माध्यामिक बिधालय राक्सिराङ्ग ३ पलासेमा अध्ययनरत बिधार्थी, प्रजा जागृती माध्यामिक बिधालय राक्सिराङ्ग ५ चैनपुरमा अध्ययनरत बिधार्थी स्थानिय समुदाय, सामुदायिक बनका प्रतिनिधी लगाएतकालाई सालकको बारेमा जानकारी प्रदान गरिएकोहो ।

संकटापुर्ण अवस्थामा रहेको सालकको परिचय, त्यसको बासस्थान लगाएतको सालक किन संरक्षण गर्न जरुरिछ भन्ने बारेमा डकुमेन्ट्री मार्फत जानकरी दिईएको थियो। त्यस्तै गरि बिद्यार्थीहरुमाझ सालक र सालक मैत्री वातावरण दर्शाउने प्रकृतिको चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । उत्कृष्ट मध्यको उत्कृष्ट ३ जनालाई पुरस्कार स्वरुप डायरी र कलम प्रदान गरिएको थियो । त्यस्तै गरि बिद्यार्थीहरु माझ नै खुल्ला हाजिर जवाफ प्रतियोगिता समेत सम्पन्न गरेकोछ हाजिर जवाफमा सालक सम्बन्धि प्रश्नहरु सोधिएको थियो ।

कार्यक्रममा सालकको फेस पेन्टिङले बिधार्थीहरुमा थप नया पन दिएको थियो । राक्सिराङ्गमै पहिलो पटक सालकको विषयमा औपचारिक रुपमा भएको यो पहिलो कार्यक्रम हो । राप्ती डिभिजन बन कार्यालयको सहयोगमा बन बिज्ञान संकायका बिधार्थी र पन्छी संरक्षण संघ संकाय समन्वय समिती, हेटौंडाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.