राक्सिराङ्ग गाउँपालिका ६ नम्बर वडामा संचालित एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबर्द्धन कार्यक्रम सम्पन्न भएकोछ । फाल्गुन ७ र ८ गते गरि दुईदिन सम्म संचालित कार्यक्रममा ५४४ जनाले सेवा लिएको स्वास्थ शाखा प्रमुख बिजय कापरीले जनकारी दिनुभयो ।
राक्सिराङ्ग ६ सिलिङ्गे स्थित राष्ट्रिय माध्यामिक बिधालयको प्राङ्गणमा भएको शिविरमा अशक्त ब्यक्तिहरुको लागि यातायतको सुबिधा समेत ब्यबस्था गरिएको थियो ।
सिविरमा नाक,कान, घाँटी विशेषज्ञ सेवा,जेनरल फिजिसियन सेवा, भिआईए,बाल रोग छाला रोग, गर्भवती जाँच ,आयुर्वेद सेवा,ल्याब सेवा,मनोसामाजिक परामर्श सेवा लगाएत सुगर, प्रेसर जाँच आदि सेवा प्रदान गरिएको थियो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ निर्देशनालय जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा राक्सिराङ्ग गाउँपालिका चैनपुर कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको समापन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्त्री थापाले चेपाङ समुदाय लक्षित निशुल्क स्वास्थ्य बिमा तत्काल प्रभावकारी बनाईने बताउनुभयो ।
यता मातृशोकमा रहेका राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अक्कल बहादुर मोक्तान शोकलाई थाती राख्दै स्वास्थ्य शिविरलाई सफल पार्न दुई दिनै मैदानमा खटिएकाछन्। अध्यक्ष मोक्तान आमाको दाहसंस्कारको भोलि पल्ट देखिनै जनताको सेवामा खटेकाहुन् । अध्यक्ष मोक्तानले जनताको सेवाको लागि शोकले असर नगर्ने र जनताको सेवानै महत्वपूर्ण रहेको बताउनुभयो ।

असल, ईमान्दार र स्वच्छ छबीका वडा अध्यक्षको रुपमा परिचित उनी जनताको कामकै शिलशिलामा पटक पटक अस्वस्थ बन्न पुगेका बिगद रहेको भन्दै उहाँ जस्तो जनप्रतिनिधि पाउनु वडा बासी भाग्यमानी रहेको वडाका स्थानिय समाजसेवी रावण प्रजाले बताउनुभयो ।
वडा अध्यक्ष मोक्तानको ममतामयी माता सुकुमाया मुक्तानको यहि फाल्गुन ५ गते भरतपुर अस्पतालमा उपचारको क्रममा देहावसान भएको थियो ।
बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय किरण थापाकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संविधान सभा सदस्य माननीय गोबिन्दराम चेपाङ, पुर्ब कृषि मन्त्री दावा दाेर्जे लामा, वडा अध्यक्ष अक्कल बहादुर मोक्तान, मन्त्रालयका सुचना प्रमुख डा. रविन भुसाल तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, बिशेषज्ञ डाक्टरहरु, राक्सिराङ्ग स्वास्थ शाखा प्रमुख बिजय कपारी लगाएतकाको आतिथ्यता रहेको थियो ।