चैनपुरमा फाल्गुन ५ गते निशुल्क आँखा शिविर हुँदै

राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ५ चैनपुरमा निशुल्क आँखा शिविर हुने भएकोछ । गाउँपालिकाको केन्द्र चैनपुरमा रोटरी क्लब अफ हेटौंडा , रोट्र्याक क्लब अफ हेटौंडा र सामुदायिक आँखा केन्द्र हेटौंडाको संयुक्त आयोजना र राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ को कार्यालय सह आयोजक रहने कार्यक्रमबाट पत्तालागेका मोतिबिन्दुका बिरामीहरुको सामुदायिक आँखा अस्पताल हेटौंडामा निशुल्क शल्यक्रिया गराईने राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकरी दिनुभयो ।

साथै बिरामीहरुलाई निशुल्क यातायातको सेवा पनि ब्यवस्थापन गरिएको प्रमुख कापरीले जानकारी दिनुभयो । शिविरमा राक्सिराङ्ग अस्पतालले क्षयरोग जाँचका लागि निशुल्क परिक्षण गरिनेछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरमा आयोजना गर्ने शिविरमा फाल्गुन ५ गते सोमबार बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म शिविर सन्चालन हुने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ कार्यालय श्रोतले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.