जनयुद्ध दिवसको अवसरमा आयोजित खुल्ला दौडमा टंक कार्की प्रथम

नेकपा माओबादी केन्द्र मकवानपुर द्वारा ३० औं महान जनयुद्ध दिवसको अवसरमा आयोजित खुल्ला डौड प्रतियोगितामा ओखलढुंगाका टंक कार्की प्रथम भएकाछन् । दौडमा ५ किलोमिटर दुरि पार गर्दै कार्कीले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगितामा गजेन्द्र राई दोश्रो भए । दोश्रो भएका खोटाङका राईले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । यस्तै गरि सिन्धुपाल्चोकका राज तामाङ तृतीय हुन सफल भए । तामाङले तृतीय बन्दै नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजेताहुने धावकहरुलाई बागमती प्रदेसका पुर्व सामाजिक बिकास मन्त्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य माननीय कुमारी मुक्तानले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

१ सय ६० जनाको सहभागिता रहेको खुल्ला प्रतियोगितामा प्रथम,दोश्रो र तेश्रो बाहेक अन्य ७ जना धावकलाई समेत नगद सहित प्रमाणपत्रले हौसला प्रदान गरिएको थियो । पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर, वाईसीएल नेपाल,मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र अखिल नेपाल खेलकुद महा संघ मकवानपुरको संयुक्त आयोजनामा आयोजित प्रतियोगिता बुद्धचोकबाट शुरु भई कान्तिलोकपथ, लक्ष्मी स्कुल, थाहा चोक, शितलमहल हुँदै पुन: बुद्धचोक सम्म्को ५ किलोमिटरको दुरि निर्धारण गरिएको थियो ।

गणतन्त्र नेपालको स्थापना , समानुपातिक समाबेसी, महिला अधिकार र न्यायमुलक समाजको स्थापनाको लागि १० बर्षे जनयुद्धको महत्वपूर्ण योगदान रहेको भन्दै कार्यक्रमको प्रमुख अतिथि नेतृ मुक्तानले जनता नै पहिलो र अन्तिम शक्ति रहेको बताउबुभयो । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतम, बागमती प्रदेस सभा सदस्य तथा बागमती प्रदेश कमिटी उपाध्यक्ष माननीय प्रेम बहादुर पुलामी (छिन्तु) ,पार्टी बगमती प्रदेश कमिटी सचिवालय सदस्य सर्केश घलान ( मधु), प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला पार्टी सचिव वीर बहादुर घलान ( ज्वाला) पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर अध्यक्ष सुनम पाख्रिन, लगाएत , वाईसीएल , बिधार्थी र खेलकुद महासंघका नेताहरुको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.