मनहरीका चेपाङ समुदायलाई बोल्ने कलाको बिकास गराउदै पालिका सरकार

मनहरी गाउँपालिकाले सिमान्तकृत समुदाय अन्तर्गत पर्ने चेपाङ समुदायलाई बोल्ने कलाको बिकास गराउने प्रयास गरेकोछ ।

मनहरी गाउँपालिकाको आयोजनामा ३ दिनसम्म सन्चालन भएको चेपाङ समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया सहित ३ दिने नेतृत्व तथा क्षमता बिकास तालिममा सहभागीको उत्साहजनक सहभागिता रहेको थियो ।

मनहरी गाउँपालिकामा २ नम्बर वडा बाहेक अन्य सबै वडामा बसोबास रहेको चेपाङ समुदायको नेतृत्व तथा युवा/ युवतीहरुको सहभागिता रहेको कार्यक्रममा ५० जनाको सहभागिता रहेको मनहरी गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई कसरी बोल्ने, केकस्ता शब्दावलीको प्रयोग गर्ने ,कुनै पनि विषय बस्तुको प्रस्तुतीकरण कसरी गर्ने लगाएतकाको बारेमा अभ्यास समेत गरिएको थियो ।

माघ २७ गते देखि २९ माघसम्म मनहरी ३ स्थित लामिटार सभाहलमा सन्चालित तालिमको मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न भएको हो । समापन समारोहमा कार्यपालिका सदस्य कान्छी माया बोट, ३ नम्बर वडा सदस्य हिरा बहादुर प्रजा ,नेपाल चेपाङ संघ मनहरीका अध्यक्ष सेर बहादुर चेपाङ लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

क्षमता नेतृत्व बिकास तालिम कार्यक्रमको प्रशिक्षक को रुपमा केशब समर्पणले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.