फोहोर ब्यबस्थापन स्थल र बारुद यन्त्र ब्यबस्थापनको गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराईने

मानव अधिकार समूह मनहरीले गाउँपालिकालाई दीर्घकालीन रुपमा फोहोर ब्यबस्थापन गर्नको लागि नयाँ ठाउँ र बारुद यन्त्रको तत्काल ब्यवस्थापन गराउनको लागि ध्यानाकर्षण गराउने भएकोछ ।

समितिको नियमित बैठक अन्तर्गत माघ २७ गते मनहरी ५ नम्बर वडामा बसेको बैठकले यस्तो निर्णय गरेको समितिको संयोजक बिमला गोपालीले जानकारी दिनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक द्वारा गठित समुहले मानव अधिकारका विषयमा आवाज उठाउदै आईरहेकोछ । पछिल्लो समयमा मनहरीमा फोहोर ब्यबस्थापन निक्कै चुनौतीपूर्ण र अव्यवस्थित बन्दै गईरहेको भन्दै त्यसको उचित ब्यबस्थापनको लागि वडा नम्बर ८ र ९ को सिमानामा पर्ने राप्ती खोलाको ड्याम साईड उपयुक्त हुने समेत समितिले निर्क्योल गरेकोछ ।बैठकले हाल मनहरी ७ स्थित बेलुवाको बगरमा फ्यालिदै आईरहेको र मानव बस्ती देखि नजिकै रहेको र केही दिन अघि मात्रै डम्पिङ साईडमा आगलागी भएको र बाताबरण प्रदुषण भएको भन्दै सम्बन्धी सरोकारवालालाई ध्यानाकर्षण गराईने समेत सर्ब सम्मत निर्णय गरेकोछ ।

त्यस्तै गरि मनहरी बढ्दो मानव बस्तीको रुपमा अगाडि बढिरहेको अवस्थामा केहि गरि कतै आगलागी भयो भने तत्काल थप क्षति हुन नदिनको लागि पालिका भित्रनै बारुद यन्त्रको ब्यबस्थापन गराउन पालिकालाई अनुरोध गर्ने निर्णय समेत पारित गरेकोछ ।त्यसको अलावा सार्बजनिक सौचालय, सडकको छेउछाउका खाडल पुरी थप पेटि बिस्तार गर समेत पालिकालाई आग्रह गरिने बैठकले निर्णय गरेकोछ ।

मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको बैठकमा राज्यले ध्यान पुर्‍याउन नसकेको कुरामा स्थानिय सरकारलाई सबल बनाउन जुन प्रकारको सुझाव आएकोछ त्यो अत्यन्तै सराहनीय भएको भन्दै बैठकमा उठेको सवालको बारेमा कार्यपालिकामा बैठकको एजेण्डा बन्ने समेत बताउनुभयो । मानव अधिकारका सवालमा मनहरी गाउँपालिका निक्कै सकारात्मक र कटिबद्ध रहेको भन्दै वडा अध्यक्ष अधिकारिले मानव हित भन्दा बाहिर गएर समाजको बिकास असम्भव रहेको समेत बताउनुभयो ।

बैठकमा समुहका सदस्यहरु, ईन्सेक सहजकर्ता सलिना गौतम कोक्याप प्रतिनिधि सुजता पौडेल ( अधिकारी) लगाएत अन्यको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.