एसईई परीक्षा नजिकिदै गर्दा बिधालयद्वारा घरदैलो अभियान थालनी

राक्सिराङ्ग गाउँपालिकाको एक बिधालयद्वारा घरदैलो अभियान सन्चालन गरेकोछ । यस बर्षको एसईई परिक्षा नजिकिदै गर्दा बिधार्थीको उपस्थिति स्कुलमा न्यून हुँदै गएपछी घरदैलो अभियान सन्चालन गरिएको बिधालयका ब्यबस्थापन समिती अध्यक्ष रावण प्रजाले जानकारी दिनुभयो ।

राक्सिराङ्ग गाउँपालिकाका वडा नम्बर ६,७ र ८ सहित चितवन जिल्लाका राप्ती नगरपालिकाका केही वडाहरुको बिद्यार्थीहरु अध्ययन गर्ने राष्ट्रिय माध्यमिक बिधालय सिलिङ्गेमा कक्षा १० मा ७५ जना बिद्यार्थी अध्ययनरतछन् । छात्रावासको सुबिधा र निशुल्क अतिरिक्त कक्षा सन्चालन हुँदा पनि बिधार्थी तथा अभिभावकको शिक्षा प्रती चासो नदेखिएपछी घरदैलो अभियान शुरु गरेको बिधालयका प्रधानाध्यापक लालुमाया चेपाङले जानकारी दिनुभयो । प्रधानाध्यापक चेपाङका अनुसार ७५ जना बिद्यार्थी रहेकोमा मुस्किलले ३५/४० जना मात्रै बिधालयमा पढ्न आउने गरेपछि बाध्य भएर घरदैलो अभियान शुरु गरिएको हो ।

 

बिधालय ब्यवस्थापन समिती र बिधालयका शिक्षक सहितको टोलि समूह बिभाजन गरि घरदैलो अभियानमा सोमबार देखि जुटेको थियो। अभियानको क्रममा बिधार्थीहरु घरायसी काम र मेला पर्ममा गएको देखिएको र बिद्यार्थीलाई स्कुल पठाउन बिधार्थीको अभिभावकलाई सम्झाई बुझाई गरिएको साथै अटेरी गरि आफ्ना छोराछोरी बिद्यालय नपठाउने अभिभावकलाई पहिलो पटक ५०० रुपैयाँ जरिवाना र दोश्रो पटक देखि १००० रुपैयाँ सम्म जरिवाना लगाउने चेतावनी दिईएको थियो । फलस्वरूप सोमबार शुरु गरिएको अभियानले मङ्गलबारको कक्षामा बिद्यार्थीको उपस्थिती बढेको बिधालयका शिक्षक आदित्य प्रजाले जानकारी दिनुभयो । राक्सिराङ्ग गाउँपालिकाकै सामुदायिक बिधालय तर्फ सबै भन्दा बढी बिधार्थी रहेको बिधालयमा अध्ययनरत बिधार्थिको लागि दिगो बिकासका लागि एकता नेपाल नामक सस्थाले सहयोग गर्दै आईरहेकोछ । सस्थाले शैक्षिक जनशक्ति, खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामाग्री लगाएत अतिरिक्त कक्षाको ब्यवस्थापनमा पुर्ण सहयोग गर्दै आईरहेकोछ ।

बिधालयबाट थालनी गरिएको अभियान अझै केही दिन सम्म रहने जानकारी दिदै बिब्यस अध्यक्ष प्रजाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई बिधालय पठाईदिन अनुरोध गर्नुभयो । राक्सिराङ्ग गाउँपालिकाको सामुदायिक बिधालयको शैक्षिक स्तर र बिगदका नतिजालाई क्रम भङ्गता दिलाउन बिधालयको तर्फबाट भएको प्रयासलाई सबैको साथ र सहयोग हुन आवश्यक देखिन्छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.