मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा महिलाको पाठेघरको मुख क्यान्सरबाट बच्न लगाईने खोप एचपिभीको सुभारम्भ भएकोछ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्ग ६ सिलिङ्गेमा अवस्थित राष्ट्रिय माबि सिलिङ्गेबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।
पहिलो दिन राक्सिराङ्ग गाउँपालिकामा २५२ जना किशोरीलाई खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकारी दिनुभयो । पालिका भित्र ७९८ जनालाई यो अभियानमा खोप लगाईनेछ । पालिका भित्र १५ वटा खोप केन्द्र रहेकोछ । माघ २५ गते सम्म सन्चालन हुने अभियानमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्व्यम्सेवीका, शिक्षकहरु खटिएकाछन्।