महिलाहरुको पाठेघरको क्यान्सर बिरुद्धको नेपाल सरकारले शुरु गरेको एचपिभी खोप अभियान देशभर आजबाट शुरु भएकोछ । मकवानपुरको मनहरी गाउँपालिकामा पनि खोप अभियानको पालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले शुभारम्भ गर्नुभएको थियो ।
पहिलो दिन पालिका भित्रका विभिन्न ११ ओटा खोप केन्द्रमा ८ सय १६ जनाले खोप लगाएको मनहरी स्वास्थ्य शाखा प्रमुख राम चन्द्र दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार जनज्योति आधारभुत बिधालय मनहरी १ मा २६ जना,सीता माबी मनहरी २ मा ९२ जना,प्रजा आबि मनहरी ३ मा ६२ जना,पशुपतिनाथ माबि मनहरी ४ मा १३७ जना,भोजशिद्ध माबि मनहरी ५ मा १४८ जना,रेड एन्जल्स ई. बोर्डिङ मनहरी ६ मा २९ जना,सगरमाथा आबि मनहरी ६ मा २५ जना,ब्रम्हाकाली आबि मनहरी ७ मा ४८ जना, श्री राष्ट्रिय माबि मनहरी ७ मा १२७ जना,युनाईटेड ई. बोर्डिङ मनहरी ८ मा १०१ जना र युवाबर्ष गङ्गा आबि मनहरी ९ मा २१ जनालाई खोप लगाईएको हो ।
मनहरी गाउँपालिकामा २० वटा निजि तथा सामुदायिक बिधालय र १० वटा स्वास्थ्य केन्द्र गरि ३० वटा खोप केन्द्रबाट अभियान अवधिभरी खोप लगाईनेछ ।
पहिलो चरणमा बिधालयहरुमा र दोश्रो चरणमा स्वास्थ्य केन्द्रमा खोप लगाईनेछ ।
माघ २२ गते देखि २५ माघ सम्म सन्चालन हुने
अभियानले बिधालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत सबै छात्रा र समुदयमा रहेका १० बर्ष देखि १४ बर्ष सम्मका सबै बालिका तथा किशोरीहरुलाई समेट्नेछ । मनहरी गाउँपालिका भित्र वडा नम्बर १ देखि ९ सम्म २ हजार २ सय बैसठ्ठी जनालाई खोप लगाउन ३२ जना स्वास्थ्यकर्मी र ६४ जना स्वास्थ स्व्यमसेवकहरु गरि ९६ जना जनशक्ति परिचालित रहने जानकारी स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।