एचपिभी खोप अभियान मनहरीको उपाध्यक्ष पुलामीद्वारा सुभारम्भ

महिलाहरुमा हुने पाठेघरको क्यान्सर बिरुद्ध लगाईने खोप एचपिभी खोपको शुभारम्भ पालिका उपाध्यक्ष सीता पुलामी मगर(रेखा) ले गर्नुभएकोछ । उपाध्यक्ष पुलामीले मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारमा अवस्थित श्री राष्ट्रिय माध्यामिक बिधालय र रमौलीको श्री ब्रम्हाकाली आधारभुत बिधालयमा पुगेर खोपको लागि खटिएको स्वास्थ्यकर्मीलाई खोप कीट हस्तान्तरण गरि अभियानको सुभारम्भ गर्नुभएको हो ।

उपाध्यक्ष पुलामीले खोप लगाई सकेका छात्राहरुलाई खोप कार्ड समेत हस्तान्तरण गर्नुभयो । अभियानको सुभारम्भमा उपाध्यक्ष सहित स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, मनहरी अस्पतालका सिनियर अहेब अधिकृत ज्योतिराज लुईटेल लगाएत अन्य स्वास्थ्यकर्मी , महिला स्वास्थ्यस्व्यमसेवी , बिधालयका प्रधानाध्यापक , शिक्षकहरुको उपस्थिती रहेको थियो ।

पहिलो चरण र दोश्रो चरण गरि संचालन गरिने अभियानको मनहरी गाउँपालिकामा पहिलो चरणमा बिधालयमा र दोश्रो चरणमा स्वास्थ्य केन्द्रमा खोप लगाईनेछ । अभियानमा २० वटा निजि तथा सामुदायिक बिधालय र १० वटा स्वास्थ्य केन्द्र गरि ३० वटा खोप केन्द्र मार्फत खोप लगाईने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

नेपाल सरकारले यहि माघ २२ गते अर्थात आज देखि फाल्गुन ६ गते सम्म खोप अभियान सन्चालन गर्ने भएको हुँदा मनहरीले पनि अभियानलाई सम्पन्न गर्नको लागि माघ २२ गते देखि २५ माघ सम्म सन्चालन हुनेछ ।

अभियानले बिधालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १० बर्ष देखि १४ बर्ष सम्मका सबै छात्राहरुलाई समेट्नेछ । मनहरी गाउँपालिका भित्र वडा नम्बर १ देखि ९ सम्म २ हजार २ सय बैसठ्ठी जनालाई खोप लगाउन ३२ जना स्वास्थ्यकर्मी र ६४ जना स्वास्थ स्व्यमसेवकहरु गरि ९६ जना जनशक्ति परिचालित हुने जानकारी स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.