भाईरल ज्वरो र रुघाखोकीले मनहरी अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढ्यो

भाईरल ज्वरो र रुघाखोकीले गर्दा मनहरी अस्पतालमा बिरामिको संख्या ह्वात्तै बढेकोछ । शुक्रबार मात्रै ३ सय ३२ जनाले टिकट काटी स्वास्थ्य उपचार लिएको अस्पताल श्रोतले जनाएकोछ ।

नियमित चेक जाँचका बिरामी भन्दा पनि एक्कासी भाईरल ज्वरोका कारण बिरामीहरु बिरामी कक्ष भित्र र बाहिर मात्र नअटाएपछी अस्पतालका पेटिमा समेत बसेर सेवा लिएको अस्पतालमा कार्यरत सिनियर अहेब ज्योतीराज लुईटेलले जानकरी दिनुभयो । टिकटै काटेर चेक जाँच गराउने ३३२ बिरामी मध्ये ११९ जना पुरुष रहेको र बाकी महिला रहेकाछन् ।

धेरै जसो बिरामीमा उच्च ज्वरो र टाउको दुख्ने साथ साथै रुघाखोकी रहेको अस्पताल श्रोतले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.