माघ २२ गते देखि संचालन हुने एचपिभी खोपको तयारीमा जुट्यो मनहरी अस्पताल

पाठेघरको मुखको क्यान्सरबाट जोगिनको लागि लगाईने खोप कार्यक्रम प्रभावकारी पार्नको लागि मनहरी अस्पताल छलफलमा जुटेकोछ । शुक्रबार अस्पतालमा मनहरी ७ नम्बर वडा भित्र पर्ने खोप केन्द्रको बारेमा निजि तथा सामुदायिक बिधालय, महिला स्वास्थ्य स्वयम् सेविका ,टोल बिकास समितीलाई राखेर जानकारी दिईएको हो ।

एचपिभी खोप अभियान २०८१ मा पालिका भित्र सबै भन्दा बढी संख्या रहेको ७ नम्बर वडा भएकोले यसै वडा भित्र अस्पताल समेत रहेकोले अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सरोकारवालाहरुसङ्ग छलफल गरिएको हो ।

६ वटा बिधालय र अस्पताल समेत गरि ७ वटा खोप केन्द्रबाट कक्षा ६ देखि १० कक्षा सम्मका सम्पुर्ण छात्राहरु( १० देखि १४ ) बर्ष उमेर समुहलाई यस अभियानले समेट्ने उद्देश्य लिईएकोछ । माघ २२ गते रमौलीमा अवस्थित ब्रम्हकाली आधारभुत बिधालय र श्री राष्ट्रिय माबि रमनटार, बिजौनामा खोप सन्चालन गरिनेछ ।त्यस्तै माघ २३ गते मनहरी बजारमा अवस्थित युनिभर्सल ईङ्लिश बोर्डिङ र मेरिगोल्ड टाईनिटस बोर्डिङमा सन्चालन गरिनेछ । यस्तै माघ २४ गते राष्ट्रिय रोटरी माबी र बिलिभर्स बोर्डिङमा खोप सन्चालन हुने र अन्तिम दिन अर्थात २५ गते मनहरी अस्पतालमा खोप लगाईने सिनियर अहेब ज्योतीराज लुईटेलले जानकारी दिनुभयो ।

मनहरी ७ मा ६६२ जनालाई खोप लगाईने लक्ष्य सहित मनहरी अस्पताल अगाडि बढेकोछ । मनहरी गाउँपालिकाले खोप अभियानलाई यहि माघ २२ गते देखि २५ गते सम्म संचालन गर्दैछ भने नेपाल सरकारले एचपिभी खोप अभियन माघ २२ गते देखि फाल्गुन ६ गते सम्म सन्चालन गर्दैछ ।

कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष तथा अस्पताल समिती एबम खोप अभियान संयोजक ठाकुर राम तितुङ, अस्पतालका डाक्टर ,६ वटा स्कुलका शिक्षक तथा प्रतिनिधि लगाएतकाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.