मकवानपुरे लोक गायक तथा नेपालकै पहिलो चेपाङ गायक रविन कुमार चेपाङको भर्याङ मेलैमा को भिडियो आज सार्बजनिक हुनेभएको हो ।
रेडियो नेपालमा २०५५ सालमा रेकर्ड भएको गीतको भिडियो चेपाङ सर “CHEPANG SIR” नामक युटुब मार्फत रिलिज गर्न लागिएको गीतका गायक रबिन कुमारले जानकारी दिनुभयो ।
गीतमा शब्द, संगीत र स्वर गायक आफ्नैको रहेको छ।
आज सार्बजनिक हुन लागिएको भिडियोको कोरियोग्राफ एलेक्स गोलेको रहेकोछ भने पछिल्लो समयका चर्चित मोडल पवन कुमार चेपाङ र मनिसा ग्लान लामाको जोडिलाई भिडियोमा देख्न पाउने भएकोछ । भिडियोलाई ओम राज वाईबाले छायांकन गरेको हो । गीत रेकर्डको झन्डै २६ बर्ष पछि भिडियो सार्बजनिक हुँदै गर्दा रविन कुमारका समर्थकले निक्कै चासो लिएकाछन्।
गायक रबिन कुमारको राक्सिलोहाङ,जिल्ला मकवानपुर,भरत ताल लगाएत दर्जनौ सफल गीतहरु साङ्गितिक बजारमा रहेकाछन।
