राक्सिराङ्ग गाउँपालिकामा संचालन भएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुर्योदय माध्यामिक बिधालय पलासेले उचालेकोछ । दुई दिनसम्म अर्थात माघ १४ र १५ गते संचालन भएको प्रतियोगितामा सुर्योदयले १२ स्वर्ण सहित रनिङ शिल्ड जितेको हो । प्रतियोगिताको आयोजक बिधालय समेत रहेको सुर्योदयले १२ स्वर्ण,८ रजत र ३ कास्य सहित २३ पदक जित्न सफल भए। त्यस्तै १० स्वर्ण,७ रजत र ७ कास्य सहित २४ पदक जितेका राष्ट्रिय माबि सिलिङ्गे दोश्रो र ४ स्वर्ण,२ रजत र १ कास्य सहित ७ पदक जित्न सफल श्री माबि देबिटार तेश्रो भए। यस्तै गरि आधारभुत बिधालय तर्फ प्रजा प्रगती कुडुले प्रथम, आधारभुत बिधालय देबिटार दोश्रो र दामराङ आबि तेश्रो हुन सफल भए ।
पालिका भित्रका माध्यामिक र आधारभुत तह गरि ९ वटा बिधालयको सहभागिता रहेको प्रतियोगितामा सहभागी बिधालय , बिजेता स्कुलका खेलाडीहरुलाई राक्सिराङ्ग गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि राजकुमार मल्ल तथा पालिका उपाध्यक्ष , वडा अध्यक्ष लगाएतले पुरस्कार बितरण गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी तथा पालिका अध्यक्ष मल्लले आगामी दिनमा सहभागी बिधालयलाई थप खर्चको ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमको सभाध्यक्ष, प्रतियोगिता संयोजक एबम पालिका उपाध्यक्ष बनस्तम थिङले आगामी दिनमा यो प्रतियोगितालाई खेल महोत्सबको रुपमा संचालन गरिने भन्दै सहभागी सम्पुर्ण बिधालयलाई धन्यवाद दिदै प्रतियोगिता संचालनको जिम्मा लिई कुशल ब्यवस्थापकको भुमिका निर्वाह गर्ने आयोजक बिधालय सुर्योदय स्कुललाई बिशेष धन्यबाद दिनुभयो ।
प्रतियोगितामा १०० मिटर देखि ३००० मिटर छात्र/छात्रा दौड , त्यस्तै ४,१०० मिटर र ४,४०० मिटर रिले डौड, फिल्ड तर्फ लङ्जम, ट्रिपल जम्प,सर्टपट, जेभलिङ थ्रो,हाई जम्प, भलिबल,कबड्डी लगाएतका ईभेन्ट समाबेस गरिएको थियो ।