मनहरी कै एक मात्र मन्टेश्वरीको पहिलो अभिभावक भेला सम्पन्न

मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित नमुना मन्टेश्वरी शिशु स्याहार केन्द्रको पहिलो अभिभावक भेला सम्पन्न भएकोछ । मनहरीकै पहिलो र एक मात्र मन्टेश्वरिको प्रथम अभिभावक भेलाको मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले पानसमा दियो बाली उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथी समेत रहनुभएका उपाध्यक्ष पुलामी मगरले मनहरीको मुटुमा रहेको शिशु स्याहारले पछिल्लो समयमा सबै अभिभावकको मन जित्नुको साथसाथै गुणस्तरीय शिक्षा र दिवा आहार बिहार सहित राम्रो आनिबानीको बिकास गराउनमा आफुलाई अब्बल राख्न सक्षम भएको प्रती आगामी दिनहरुमा पनि मनहरीको नमुना शैक्षिक केन्द्रको रुपमा अगाडि बढ्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

महिला उद्यमिहरुबाट सन्चालित स्याहार केन्द्रमा ५० जना बालबालिका अध्ययनरतछन् । २०७५ सालमा दिवा शिशु स्याहार केन्द्रबाट सुचारु गरिएको मन्टेश्वरी स्थापना गरिएको थियो । ७ जना महिला सदस्यहरुको शेयर रहेको मन्टेश्वरीमा ४ जना तालिम प्राप्त शिक्षिका र एक जना कार्यालय सहयोगी सहितको शिक्षण गतिविधी संचालन गर्दै आईरहेकोछ ।

कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर राम तितुङ , प्याब्सन मकवानपुर सचिब तथा युनाईटेड ई. बोर्डिङ स्कुलका प्रिन्सिपल बिष्णु हरि सुवेदी, उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती सभापती गणेशमान मानन्धर , प्याब्सन मनहरीका अध्यक्ष एबम रेड एन्जलका अध्यक्ष यदुनाथ श्रेष्ठ , मेरिगोल्ड टाईनटिस ई. बोर्डिङ स्कुलका भ्वाईस प्रिन्सिपल सन्जु रिजाल आदि लगाएतकाको आतिथ्यता रहेको थियो ।

प्ले ग्रुप, नर्सरी कक्षा र एल के जि सम्म अध्यापन गराउदै आईरहेको केन्द्रमा अभिभावक दिवसमा केन्द्रमा अध्ययनरत बिद्यार्थीहरुले प्रस्तुती देखाईएका थिए। कार्यक्रम नमुना शिशु स्याहार केन्द्रका अध्यक्ष लक्ष्मी प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.