राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले केन्द्रिय तथा प्रदेश सरकारले स्थानिय तहलाई आफ्नो क्षेत्र भित्रको स्थानिय श्रोत साधनको उपयोगमा पुर्ण अधिकार दिनुपर्ने बताउनुभएकोछ ।
बिहिबार राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ७ दामराङ आयोजित सांस्कृतिक तथा पर्यटकीय क्षेत्र विषयक अन्तरसम्बाद कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताउनुभएको हो ।
सिमान्तकृत र अति बिपन्न समुदायको क्षेत्र राक्सिराङ्ग गाउँपालिका भएको र संघियताको मुल मर्म अनुसार हाम्रो क्षेत्रलाई बिशेष क्षेत्र घोषणा गर्नुपर्ने माथिल्लो सरकारको रहने हुनाले बारम्बार प्रदेश तथा केन्द्रिय सरकारलाई अनुरोध गर्दा पनि टेर पुच्छर नलगाएपछी पालिका सरकारले आफै संरक्षित क्षेत्र घोषणा गरि अगाडि बढेको बताउनुभयो ।
सुगम क्षेत्रमा मात्र माथिल्लो सरकारले हेर्ने गरेको भन्दै यस्तै रबैया चलिरहने हो भने पछि परेको बर्ग समुदायर र भुगोलको बिकास र उत्थान कहिले हुने भनेर प्रश्न समेत गर्नुभयो । अध्यक्ष मल्लले गाउँपालिकाको श्रोत र साधनमा पुर्ण अधिकार स्थानिय तहलाई दिइयोस् भन्दै त्यसो हुँदा स्थानिय सरकारलाई केन्द्रिय तथा प्रदेशको बजेट आवश्यक नपर्ने बताउनुभयो ।
राक्सिराङ्ग गाउँपालिकाले १७ औं गाउँ अधिबेशन बाट चेपाङ बिशेष क्षेत्रको घोषणा गरेको पालिकाले चेपाङको बिशेष कार्यक्रम ७ बाट शुरु गरिएको उहाँको भनाई रहेको थियो । सोही अवसरमा सांस्कृतिक तथा पर्यटकीय क्षेत्र सम्बन्धि ७ बुँदे दामराङ घोषणापत्र समेत जारी गरिएको थियो ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ को आयोजना तथा राष्ट्रिय जनवकालत मंच,नेपाल( नाफान) र नेपाल सूक्ष्म पुष्प समाजको सहकार्यमा सम्पन्न कार्यक्रममा चेपाङ समुदायसंग सम्बन्धी चेपाङको मौलिक संस्कृति, सस्कार, गीत संगीत , बाजा गाजा, कथा बिनराई,पुजाआजा,चाडपर्व,खेलहरु,शिकार,जंगली सागसब्जी ,फलफुल आदिको बारेमा जानकारी दिईएको थियो। त्यस्तै ७ नम्बर वडा भित्र अबलोकनको लागि सम्भावित पर्यटकीय क्षेत्र र त्यस क्षेत्रको प्रबर्द्धनको लागि गर्न सकिने योजनाहरु समेत प्रस्तुत गरिएकोथियो ।
कार्यक्रममा चेपाङ समुदायमा अति प्रचलित शिकार गर्ने प्रचलनको झल्को दिने गरि पालिका अध्यक्ष तथा उपाध्यक्ष लगाएत अन्य अतिथिहरुले धनुस बाण द्वारा चित्रमा रहेको चराको सिकार गरि उद्घाटन गरिएको थियो।
राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले राक्सिराङ्ग ७ लाई संरक्षित क्षेत्र घोषणा गर्नुको आधार प्रष्ट पार्नुभएको थियो ।
कला र संस्कृतिको प्रचुर खानी र रैथाने बालीको भण्डारको रुपमा चिनिने राक्सिराङ्ग ७ राक्सिराङ्गकै कर्णालीको रुपमा परिचित रहेकोछ । भौगोलिक बिकटता र शिक्षा स्वास्थ्यको आधारभुत आधार खडा भएतापनी यहाका जनताले भनेजस्तो बिकासको आभाष गर्न पाईएकाछैनन।

कार्यक्रममा संविधान सभा सदस्य गोबिन्द राम चेपाङ, पुर्व राज्य मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय सन्त बहादुर चेपाङ, वडा नम्बर ३,५,६ का वडा अध्यक्षहरु , निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द अधिकारी लगाएत अन्यको आतिथ्यता रहेको थियो ।कार्यक्रम ७ नम्बर वडाका अध्यक्ष राम बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
