माओवादी केन्द्र राक्सिराङ्गको अध्यक्षमा हस्त बहादुर मोक्तान र सचिबमा जङ्गलाल सर्बसम्मत

नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटीको बुधबार सम्पन्न अधिबेशनबाट अध्यक्षमा हस्त बहादुर मोक्तान सर्बसम्मत चुनिएकोछ । मोक्तान पार्टीको तेश्रो गाउँ कमिटी अधिबेशनले पुनः अध्यक्षमा चयन भएको हो । मोक्तानसङ्गै सचिबमा जङ्गलाल चेपाङ सर्बसम्मत चुनिएकाहुन्।

अधिबेशनले पार्टीको उपाध्यक्षहरुमा पुर्णिामा दोङ चन्द्र सिंह चेपाङ ,राम सरण प्रजा चुनिएकोछ । त्यस्तै जङ्ग लाल चेपाङ सचिव , सिमोन बि.क. कोषाध्यक्ष
साजन पाख्रिन,अन्जित रिङ्गमाङ्गे चेपाङ र जीवन रुम्बा क्रमश सह – सचिव सहित ४५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चुनिएको निर्बाचन कमिटी प्रमुख सुजन मोक्तानले जानकारी दिनुभयो ।

माघ ८ गते राक्सिराङ्ग ५ चैनपुरमा बृहत् खबरदारी सभा सहित सम्पन्न पार्टीको तेश्रो पालिका सम्मेलनमा पछिल्लो समयका सदनमा बुलन्द आवाज मार्फत परिचित अर्थात रोष्टम किङको रुपमा परिचित संघिय संसद तथा पार्टी केन्द्रिय सदस्य माननीय माधव प्रसाद सपकोटा “सुबोध”को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका अन्य केन्द्रिय कमिटी,प्रदेश कमिटी, जिल्ला कमिटी लगाएत अन्य नेताहरुको आतिथ्यता रहेको थियो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.