राक्सिराङ्गबाट सुबोधको गर्जन कुलमानलाई जिस्काउने काम बन्द गरियोस्

राक्सिराङ्ग गाउँ कमिटीको खबरदारी सभा तथा तेश्रो पालिका कमिटी अधिबेसनमा नेकपा माओवादी केन्द्रका नेता माधब प्रसाद सापकोटा सुबोधले सम्बोधन गर्नुभएकोछ ।

मंगलबार राक्सिराङ्ग गाउँ कमिटीले राक्सिराङ्ग ५ चैनपुरमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका संघिय माननीय सापकोटाले बर्तमान सरकार सेटिङमा चल्नेहरुको झुण्डबाट बनेको कारणले सोझा र ईमान्दार ब्यक्तिहरुलाई समस्या दिएको बताउनुभयो । राम्रो काम गरेका कुलमान घिसिङलाई बारम्बार सेटिङ नमिल्ने भएरै अनावश्यक तनाव दिएको भन्दै कुलमानलाई काम गर्न दिन र बारम्बार जिस्क्याउने काम बन्द गर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।

बेथिति र सेटिङको जालो भत्काउने र भण्डाफोर गर्नको लागि खबरदारी सभा गरिएको भन्दै कमिसन र घुसखोरीको नाईकेहरुको सरकारलाई जनताकै बलमा घुडा टेकाउने बताउनुभयो । जनयुद्धको बेलामा आधार ईलाका बनाएर राक्सिराङ्गकै भुगोलमा बसेको स्मरण गर्दै नेता सापकोटाले राक्सिराङ्गको माटोले गाजा मागेको भन्दै याहाको हरेक किसानलाई आर्थिक रुपमा सम्पन्न गराउने हो भने गाजा लगाउन दिनुपर्ने बताउनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले गाजालाई बैधानिक बनाउन बजेट समेत बिनियोजन गरेकोमा अहिले त्यत्तिकै रोकिएर बसेको अवस्था रहेकोले संसदमा पार्टी नेतृत्व र आफू स्वयम् पनि त्यस्को विधेक ल्याउन पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । संघियताकै कारण देशमा बिकासको लहर आएको तर केही नालायक पात्रहरुको कारण बदनामी गर्न खोजिएको भन्दै समाजको बिकास र समग्र भुगोल, क्षेत्र, बर्गको सहभागिताको लागि संघियताको बिकल्प नरहेको बताउनुभयो । गाबिसको संरचनाहुदा मुस्किलले सिङ्गो गाबिसको लागि ३ लाख बजेट आउने तर संघियता पश्चात् एउटै वडामा करोडौंको बजेट आएको केही तत्वले मन नपराएको बताउनुभयो ।

 

खबरदारी सभालाई माओबादी केन्द्रका केन्द्रिय सदस्य मान कुमारी नेपाली, प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला), प्रदेश कमिटी सदस्य पुर्व माननीय ओम बहादुर ग्लान( प्रदीप ), प्रदेश कमिटी सदस्य सीता पुलामी मगर रेखा लगाएतका नेताले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै नेकपा एमाले राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष रोहन लामा र रास्वपा राक्सिराङ्गका सभापति राजन मल्लले शुभकामना मन्तव्य राख्नुभएको थियो।

गाउँपालिकाका ९ वटै वडाबाट हज्जारौंको संख्यामा उपस्थित माओबादी केन्द्रका कार्यकर्ता तथा सुभेच्छुकहरुले गाउँपालिका परिषरबाट निकालिएको खबरदारी र्‍यालीमा सहभागिता जनाएको थियो । सोही अवसरमा सयौंको संख्यामा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश समेत गरेको थियो । नव प्रवेशी कार्यकर्तालाई प्रमुख अतिथी एबम अन्य अतिथिहरुले फुलमाला तथा अबिर लगाएर स्वागत गरेको थियो ।

खबरदारी सभा तथा पार्टिको तेश्रो गाउँकमिटिको अधिबेशनले नेतृत्व चयन गर्ने भनिएता पनि टाढा – टाढा पुग्नुपर्ने र कार्यक्रम अलि लम्बिएको कारण बुधबार फेरि बस्ने गरि नेतृत्व चयनको लागि समय तोकिएकोछ । कार्यक्रम गाउँ कमिटी पार्टी अध्यक्ष हस्त बहादुर मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.