मनहरी गाउँपालिका वडा नम्बर २ मा संचालित दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न भएकोछ ।
संघिय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थाको लागि आहुती दिने मनहरी २ भिमानमा सहादत भएका १९ जना महान सहिदको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले समग्र वडालाई खेलको माध्यामबाट परिचित गराउने उद्देश्यले संचालन गरिएको वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिनुभयो ।
त्रिरत्न आधारभुत बिधालय मनहरी २ दोभानको खेल मैदानमा सम्पन्न फाईनल खेलमा मनहरी ७ नम्बर वडाले ७ नम्बर वडाकै चुरियामाई युवा क्लब रमौलीलाई ३-१ गोल अन्तरले हराउदै दोश्रो सस्करणको उपाधी उचालेको हो ।
मनहरी ७ नम्बरको जितमा कपिल मुक्तान, आन्द्रेस स्याङ्तान र समिर स्याङ्तानले गोल गरे । उप बिजेतामै सिमित रमौलीको लागि सान्त्वना गोल किरण राउतले गरे । बिजेता बनेको मनहरी ७ ले नगद रु. ५०,५५५/- सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजेता रमौलीले नगद रु. २५,५५५/- सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा बिधागत रुपमा ट्रफि रक्षा गर्न सफल मनहरी ७ ले बेष्ट प्लेयर तर्फ मनिस पौडेल, मिलन स्याङ्तान बेष्ट स्ट्राइकर, बेष्ट गोल किपर अनुप तितुङ घोषित भए । त्यस्तै रमौलीका खेलाडी रोशन सुवेदी बेष्ट डिफेन्स घोषित भए ।
पौष २६ गतेबाट सुरु भएको प्रतियोगितामा पालिका भित्रका १६ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताका बिजेता तथा उपबिजेता टोलिलाई कार्यक्रमको प्रमुख अतिथी पुर्व सामाजिक बिकास मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय कुमारी मुक्तानले ट्रफी हस्तान्तरण गर्नुभयो। प्रमुख अरिथी मुक्तानले राष्ट्रिय रुपमा आफ्नो ठाउँलाई पहिचान दिलाउन खेलकुद बन्दै गएको भन्दै राज्यले खेलकुद जगतमा पहिले भन्दा अहिले विशेष ध्यान दिईदै आईरहेको बताउनुभयो। खेलाडी अगाडि बढ्न अनुशासन अपरिहार्य रहेको भन्दै अनुशासन नै खेलाडीको गहना हो भन्नुभयो ।
खेलकुद बिकास समिती मनहरी २ को आयोजना तथा मनहरी गाउँपालिका २ नम्बर वडाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा वडाले ३ लाख बजेट बिनियोजन गरिएको थियो । मनहरी गाउँपालिकाबाट खेलकुदमा राष्ट्रिय स्तरमा पालिकाको नाम पहिचान दिलाउन सफल कृशल मोक्तान र सन्तोष गोङ्बालाई नगद सहित सम्मान गरिएको थियो । यस्तै मकवानपुरको खेलकुद जगतलाई माथी उकास्न सफल भएको भन्दै भिम लामालाई नगद सहित कदर पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्व सामाजिक बिकास मन्त्री बागमती प्रदेश सभा सदस्य लगाएत मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव वीर बहादुर घलान ज्वाला ,मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर , नेकपा मकवानपुर जिल्ला ईन्चार्ज वाटर सि,वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, ७ नम्बर वडा अध्यक्ष ठाकुर राम तितुङ , मनहरी खेलकुद बिकास समिती अध्यक्ष बिरु लामा लगाएत अन्यको आतिथ्यता रहेको थियो ।
सुकराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण गुण सिंह रुम्बाले गर्नुभएको थियो ।
गत सस्करणको उपाधी भने आयोजक खेलकुद बिकास समिती मनहरी २ ले जितेको थियो ।