मनहरी ७ नम्बरको दुबै टोलि मनहरी २ मा जारी फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

मनहरी २ नम्बर वडामा जारी दोश्रो वडा अध्यक्ष भिमान स्मृति कप फुटबलको सेमिफाइनल खेलबाट मनहरी ७ नम्बर वडाको दुईवटा टोलि प्रबेश गरेकोछ । आज भएको सेमिफाईनलको खेलबाट चुरियामाई युवा क्लब मनहरी ७ रमौली फाईनलमा प्रबेश गर्न सफल भएकोछ ।

रमौलीले जनसिद्ध युव क्लब मनहरी ३ लाई १-० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गर्यो । बर्थ डे ब्वाई समेत रहेका चुरियामाई युवा क्लबको खेलाडी किरण राउतको शुन्दर गोल सङ्गै रमौली फाईनलमा पुग्न सफल भएको हो । खेलमा उत्कृष्ट गोल गर्दै टोलिलाई फाईनलमा प्रबेश गराउन सफल राउत खेलको म्यान अफ द म्याच घोषित भए ।

रमौली पहिलो फाईनलिस्ट टोलि बन्दै गर्दा वडा नम्बर ७ ले पनि चिरपरिचित प्रतिद्वन्द्वी मनहरी ८ लाई १-० को गोल अन्तरले पराजित गर्दै फाईनलमा रमौलीसङ्गको भेट पक्का गरेको हो। ७ नम्बरको जितमा मनिस पौडेलको गोल नै निर्णायक बन्न पुग्यो । पौडेल खेलमा म्यान अफ द म्याच घोषित भए । फाइनल खेलमा उपाधीको लागि वडा नम्बर ७ कै दुई टोलि बिच यहि माघ ५ गते भिड्नेछ ।उ

मनहरी २ भिमानमा ज्यान गुमाईएका महान सहिदको सम्झनामा गत बर्ष देखि खेल आयोजना गरिदै आएकोछ ।

मनहरी २ को त्रीरत्न आधारभुत बिधालयको खेल मैदानमा जारी ९ ए साईड प्रतियोगिताको बिजेता टोलिले नगद रु. ५०,५५५/- र उपबिजेताले नगद रु. २५,५५५/- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलको म्यान अफ द म्याच ,खेल अबधी भरिकै बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता,डिफेन्डर,स्ट्राईकर र मिड फिल्डर पनि घोषित गरिने खेलकुद बिकास समिती मनहरी २ का संयोजक शुक्र राम मुक्तानले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनलको खेल माघ ५ गते हुनेछ । खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कम बाट हुने आयोजकले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.