मनहरीमा २८६१ डुल ल्हो सोनम ल्होछार भब्य हुने भएकोछ । तामाङ समुदायको महान चाडको रुपमा रहेको ल्होछार मनहरीमा माघ १६ र १७ गते दुई दिन सम्म भब्य रुपमा मनाउन लागिएको हो ।
मनहरी ७ स्थित बुद्ध शान्ति हरित पार्कमा तामाङ समुदायको ल्होछारमा बिशेष मानिने खाप्से र गुथुक्पाको स्वाद समेत लिन पाईने भएकोछ भने सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामा , ज्योती मगर सहित अन्य ख्यातिप्राप्त कलाकारको आगान रहने जानकारी बुधबार भएको पत्रकार समारोह मार्फत आयोजकले जानकारी दिएकोछ ।
ल्होछार बिशेषमा बाल उद्यान, खानेकुराको स्टल सहित अन्यको ब्यबस्था रहने ल्होछार मुल आयोजक समितीका संयोजक सुरेश मुक्तानले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा आस्था कला केन्द्र मनहरीको बेजोड प्रदर्शनी रहनेछ । कार्यक्रममा गत साल जस्तै ७ नम्बर वडा भित्र रहेका ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान समेत राखिएकोछ । कार्यक्रम सम्पन्न सम्मको लागत ८ लाख ५० हजार रुपैयाँ अनुमान गरिएकोछ ।
आयोजकले कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न उपसमिति बनाएर अगाडि बढेको समेत जानकारी दिएकोछ । प्रचार प्रसार संयोजकको रुपमा गोबिन्द घलान, आर्थिक संयोजक शिव शखर स्याङ्तान, कलाकार सम्योजन प्रमुख मनिस लामालाई प्रमुख बनाई अगाडि बढेको जानकारी दिईएकोछ ।
पछिल्लो समयमा तामाङ समुदायले आफ्नो कला सस्कृतिलाई मनाउने क्रममा फराकिलो ढङ्गले अगाडि बढेको देखिन्छ । फलस्वरुप खुल्ला स्टेज कार्यक्रम मार्फत शुभकामना आदनप्रदान गर्ने कार्यलाई निरन्तरता दिईदै आईरहेकोछ ।

पत्रकार सम्मेलन समारोह कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका विशिष्ट अतिथी राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले हाम्रो सस्कृती घर घरमा मनाउन आवश्यक रहेको भन्दै हाम्रो सस्कृती जोगाउन र पुस्ता हस्तान्तरणको लागि हामी नै अघि सर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथी मनहरी गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष तथा तामाङ समुदायका अगुवा ठाकुर राम तितुङ्गले सस्कृतीलाई जोगाउन र संरक्षण गर्नमा आफुहरु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रम सम्पन्न गराउन सुरेश मुक्तानको संयोजकत्वमा १ सय ५१ सदस्यीय ल्होछार मेला मुल आयोजक समिती बनेको जानकारी दिनुभयो ।