पहिलो सस्करण बिजेतालाई पराजित गर्दै जनसिद्ध सेमिफाईनलमा

मनहरी २ मा जारी दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबलमा सेमिफाइनलमा पुग्ने ४ वटै टिमको टुङ्गो लागेकोछ । बुधबार भएको पहिलो खेलमा वडा नम्बर ८ ले नयाँ बस्ती एफसिलाई ३ – १ गोल अन्तरले पन्छाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । मनहरी ८ को जितमा राहुल थापाले ह्याट्रिक गरे ।

त्यस्तै बुधबार नै भएको दोश्रो खेलमा पहिलो सस्करणको बिजेतालाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले स्तब्ध पार्दै जनसिद्धले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । आयोजक खेलकुद बिकास समिती मनहरी २ का खेलाडीको एउटा पेनाल्टी जनसिद्धका गोल रक्षकले बचाउ गर्दा जनसिद्धले सुखद नतिजा हात पार्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुबै टोलिबाट १-१ गोलको बराबरी खेलेपछी खेल टाई ब्रेकरमा पुगेको हो ।

प्रतियोगितामा चुरियामाई युवा क्लब मनहरी ७ र मनहरी ७ नम्बर दुईवटा टोलि सेमिफाइनलमा प्रबेश गरिसकेकोछ ।

सेमिफाईनल खेल आज

दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबलको सेमिफाइनल खेल आज बिहिबार हुँदैछ । फाईनल प्रबेशको लागि दुईवटै खेल आज हुने भएको हो । फाईनल प्रबेशको लागि चुरियामाई युवा क्लबले जनसिद्ध युवा क्लब बिच दिउँसो १२:३० बजे हुने आयोजकले जानकारी दिएकोछ । त्यस्तै फाईनल प्रबेशको लागि चिरपरिचित प्रतिद्वन्द्वी दुई टोलि मनहरी ७ र ८ नम्बर वडा बिच खेल हुनेछ । दोश्रो खेल दिउँसो २:३० बजे मनहरी २ स्थित त्रिरत्न आधारभुत स्कुलको खेल मैदानमा हुने आयोजकले जानकारी दिएकोछ ।

मनहरी २ को त्रीरत्न आधारभुत बिधालयको खेल मैदानमा जारी ९ ए साईड प्रतियोगिताको बिजेता टोलिले नगद रु. ५०,५५५/- र उपबिजेताले नगद रु. २५,५५५/- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलको म्यान अफ द म्याच ,खेल अबधी भरिकै बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता,डिफेन्डर,स्ट्राईकर र मिड फिल्डर पनि घोषित गरिने खेलकुद बिकास समिती मनहरी २ का संयोजक शुक्र राम मुक्तानले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनलको खेल माघ ५ गते हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.