दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कपको सेमिफाईनलमा मनहरी ७ को दुई टोलि प्रबेश

मनहरी गाउँपालिका वडा नम्बर २ मा जारी दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको पाचौ दिनको खेल सम्पन्न भएकोछ । मंगलबार भएको दुई खेलबाट मनहरी ७ रमौली र मनहरी ७ नम्बर वडा सेमिफाइनलमा स्थान बनाएको हो ।

मंगलबार भएको पहिलो खेलबाट चुरियामाई युवा क्लब मनहरी ७ रमौली बिजयी भएको हो । रमौलीले वडा नम्बर ९ लाई टाई ब्रेकरमा ३-२ गोल अन्तरले पछि पार्दै पहिलो सेमिफाइलिस्ट बन्न सफल रह्यो । निर्धारित समयमा दुबै टोलिबाट गोल रहित बराबरी खेलेपछी खेल टाई ब्रेकरमा धकेलिएको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलि गोलको खोजी गर्दै नतिजा आफ्नो पक्षमा पार्न देखिएको थियो । पहिलो खेलमा चुरियामाई युवा क्लबका खेलाडी सुन्दर सापकोटा म्यान अफ द म्याच घोषित भए ।

यस्तै गरि दोश्रो खेलबाट मनहरी ७ नम्बर वडाले सहज जित हात पार्दै दोश्रो सेमिफाईनलिस्ट बन्न सफल भयो। मनहरी ७ ले युनिक एफसी मनहरी ३ लाई ६ – ० को फराकिलो गोल अन्तरले जित हात पार्यो । मनहरी ७ को जितमा मनिष पौडेल एक्लैले ४ गोल गरे । त्यस्तै गरि मिलन स्याङ्बोले २ गोल गरि टिमलाई फराकिलो जित दिलाउन सफल भयो ।दोश्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मनिष पौडेल घोषित भए ।

प्रतियोगिताको म्यान अफ द म्याच घोषित खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथी तथा मनहरी २ नम्बर वडाको अध्यक्ष राजकुमार पाख्रिनले ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा सेमिफाइनलको प्रबेशका लागि भोली दुईवटा टिमको टुङ्गो लाग्नेछ । पहिलो खेल नयाँ बस्ती मनहरी ४ र मनहरी ८ बिच खेल हुनेछ । त्यस्तै गरि दोश्रो खेलमा आयोजक खेलकुद बिकास समिती मनहरी २ र जनसिद्द युवा क्लब मनहरी ३ बिच खेल हुने आयोजकले जानकारी दिएकोछ । बुधबार हुने खेल दिउँसो १२:३० मा पहिलो खेल र दोश्रो खेल २:३० बजे हुने समेत आयोजकले जानकारी दिएकोछ ।

मनहरी २ को एतिहासिक स्थल भिमानमा ब्यबस्था परिबर्तनको लागि सहादत प्राप्त गर्ने जनमुक्ति सेनाको स्मृतिमा वीर सहिदलाई स्मरण गर्ने र एतिहासिक स्थलको प्रचारप्रसारको लागि सहयोग पुर्याउने उद्देश्यले खेलको आयोजना गरिएको र सोही अनुसार वडा सरकारले पनि बजेटको ब्यबस्था गर्दै आईरहेकोछ ।

मनहरी २ को त्रीरत्न आधारभुत बिधालयको खेल मैदानमा जारी ९ ए साईड प्रतियोगिताको बिजेता टोलिले नगद रु. ५०,५५५/- र उपबिजेताले नगद रु. २५,५५५/- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलको म्यान अफ द म्याच ,खेल अबधी भरिकै बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता,डिफेन्डर,स्ट्राईकर र मिड फिल्डर पनि घोषित गरिने खेलकुद बिकास समिती मनहरी २ का संयोजक शुक्र राम मुक्तानले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनलको खेल माघ ५ गते हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.