नारी सीप सृजनाले एक बर्षमै राक्सिराङ्गका झण्डै ७३ बिघा क्षेत्रफलमा सिंचाइ पुर्‍यायो

नारी सीप सृजना केन्द्र नेपाल मकवानपुरले राक्सिराङ्गमा ब्यबस्थित सिंचाइ निर्माण सम्पन्न गरेकोछ ।

AWO international र BMZ को साझेदारीमा संचालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत राक्सिराङ्ग गाउँपालिकामा ४ वटा पक्की सिंचाइ निर्माण भएको हो । संस्थाले बर्ष २०२४ जनवरी देखि २०२४ डिसेम्बरसम्ममा योजना निर्माण सम्पन्न गरिएको कार्यक्रम संयोजक ज्योती भोम्जनले जानकारी दिनुभयो ।

संस्थाले राक्सिराङ्ग ३,५ र ९ नम्बरका घट्टेखोला,झिल्किनी ,बेलचोक र अठारेमा ब्यबस्थित सिंचाइ योजना निर्माण सम्पन्न गरेको हो । योजनाले एक सय चार घरधुरीका झण्डै ७३ बिघा क्षेत्रफल सिंचित भएको हो । जसमा ५ सय ६४ दशमलव ५ मीटर पक्की वाल सहितको सिंचाइ निर्माण भएकोछ भने १ हजार ७ सय मीटर पाईप सिंचाइको लागि समुदाय स्तरमा प्रदान गरेकोछ ।

संस्थाले उक्त योजना सम्पन्न गर्नको लागि २२ लाख ८३ हजार छ सय चौतिस रुपैया चवालीस पैसा खर्च गरेको संस्थाका अध्यक्ष नानी मैयाँ चापागाईंले जानकारी दिनुभयो ।

पानीको स्रोत हुँदा हुँदै पनि किसानहरुले आफ्ना खेतबारीमा पानी लगाउन नपाउदा उत्पादनमा समेत र्‍हास आएको अवस्थामा संस्थाले ज्यादै राम्रो र सराहनीय काम गरेको भन्दै राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सस्थाको प्रसंशा गर्नुभयो ।

त्यस्तै राक्सिराङ्ग ३ घट्टेखोलाका युवा किसान सामुयल तामाङले जन्मेर २० औ वसन्त पार गरि सक्दा पनि खोल्सामा प्रयाप्त पानी तर खेती लगाउन जहिले पनि आकासे पानीमै भर पर्नुपर्ने अवस्थाबाट मुक्त गराउन संस्थाले पुर्‍याएको योगदान प्रती खुलेरै प्रसंशा गरे ।

नारी सीप सृजना केन्द्रले AWO international र BMZ संगको साझेदारीतामा १ जनवरी २०२३ देखि मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन कार्यक्रम राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर १,२,३,४,५,८ र ९ मा संचालन भईरहेकोछ । संस्थाले समुदायका अति सिमान्तकृत ब्यक्ति ,कमजोर अवस्थाका ब्यक्ति,बसाइँसराइ सम्भावित र बसाइँसराइबाट फर्केका ब्यक्ति र परिवारका सदस्यहरुलाई सचेतना तथा जिबिकोपार्जन सम्बन्धी कार्यक्रम प्रदान गर्ने लक्ष्य सहित निरन्तर काम गरिरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.