राक्सिराङ्ग गाउँपालिका भन्ने बित्तिकै स्वास्थ्य, शिक्षा,यातायात, सन्चार लगाएत अन्य सेवा सुबिधा भएको भान हुने गर्दछ । तर राक्सिराङ्गमा स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा निक्कै परिबर्तन आईसकेको अवस्थाछ ।

गाउँपालिकाले १० शैयाको अस्पताल डाक्टर सेवा सहित निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेकोछ । त्यस्तै घर घरमा पुगेर बेला बेलामा स्वास्थ्य उपचार तथा परामर्श प्रदान गरेको खबर सुन्दै आईरहेकाछौ ।
शुक्रबार फेरि राक्सिराङ्गको स्वास्थ्य जगतमा खुशिको खबर सुन्न पाईएकोछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ कुडुले स्थित सरिखेत स्वास्थ्य चौकीमा कार्यरत सिनियर अ.हे.ब.ले आफू कार्यरत स्वास्थ्य चौकीबाटै प्रसुती गराएकीछिन्। सि.अ.हे.ब. रिता लामा रुम्बाले स्वास्थ्य चौकीमै प्रसुती गराएकीहुन्।
यो खबरले गाउँमा दक्ष जनशक्ति र ब्यबस्थित प्रशुती कक्ष नभएको भन्दै गाउँ छोडी बजार तिर बसाई सरि गएकाहरुको लागि गाउँमा पनि दक्ष जनशक्ति सहितको प्रसुती सम्भव रहेको प्रमाण दिएकोछ ।
स्वास्थ्यकर्मी लामाले उनको छोरीलाई बिहान १० बजेर १५ मिनेटको समयमा जन्म दिएकी हुन । दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्। सरिखेत स्वास्थ्य चौकीमा यो आर्थिक बर्षमा लामा सहित २५ औं प्रसुती भैसकेको स्वास्थ्य चौकी प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो । उनी २०७४ सालको कर्मचारी समायोजन पस्चात निरन्तर रुपमा सरिखेत स्वास्थ्य चौकीमा काम गर्दै आईरहेकीछिन्।
