दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता २०८१ आजबाट शुरु भएकोछ । प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानले गर्नुभएको हो । प्रमुख अतिथी समेत रहनुभएका घलानले १९ जना सहिदहरुले सहादत प्राप्त गरेको एतिहासिक स्थल भिमान र सोही स्थानमा सहादत प्राप्त गर्नुहुने महान सहिदको सम्झनामा खेल मार्फत सम्झने काममा वडा सरकार लागेको प्रती वडा सरकारलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथी तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले मनहरी गाउँपालिकाले खेलाडी उत्पादनमा लगानी गर्दै आईरहेको र पछिल्लो समयमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भईरहेको भन्दै यहि माघ महिनामा पालिकाले सबै प्रकारका खेलाडी उत्पादनको लागि खेल महोत्सब गर्न थालिएको बताउनुभयो । वडा सरकारले खेलकुदको माध्यामबाट पालिकाका सम्पुर्ण युवाहरुलाई एकै ठाउँमा जोड्न सफल भएको भन्दै यसले खेलाडी उत्पादनमा सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

पालिका भित्रका १६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा उद्घाटन खेलमा मनहरी ३ लामिटार CYC रमौलीले ४-२ गोल अन्तरमा खेल जित्न सफल भएकोछ । रमौलिको जीतमा किरण राउतको २ गोल , समीर अर्यालले १ गोल र सुरज अर्यालले १ गोल गरे त्यस्तै लामिटारको तर्फबाट सुजन राईले१ गोल गरे भने एक गोल पेनाल्टी मार्फत गरि २ गोल फर्काउन सफल भए ।
त्रिरत्न आधारभुत बिधालयको खेल मैदानमा सन्चालन भईरहेको प्रतियोगितामा भोलि दुई खेल हुने आयोजक खेलकुद बिकास समिती २ नम्बर वडाले जनाएकोछ । शनिबार पहिलो खेल १२:३० बजे RRYC मनहरी ३ र मनहरी ७ नम्वर बिच र दोश्रो खेल मनहरी ९ भर्सेज नमुना युवा क्लब मनहरी १ बिच दिउँसो २:३० बजे खेल हुने आयोजकले जनाएकोछ ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपलिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर १ का अध्यक्ष शिव प्रसाद खनाल , नेकपा मकवानपुर जिल्ला ईन्चार्ज राम घलान वाटर आदि लगाएतको आतिथ्यता रहेको थियो ।
उद्घाटन खेलको म्यान अफ द म्याच हुन सफल CYC का खेलाडी रोशन सुवेदी बन्न सफल भए । उनलाई कार्यक्रमका अतिथी तथा मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिनले म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।