मनहरी गाउँपालिका मङ्गलबार साँझ स्कुलबाट घर फर्किएका तीन बालिका घर नपुगे पछि खैलाबैला नै मच्चियो । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित ब्रम्हकाली आधारभुत बिधालयमा कक्षा ३ मा अध्ययन गर्ने छात्राहरु मनिका राई, सुश्मा तामाङ र आरोसी राई बिध्यालय छुट्टि भएपछी ३:२० मा बिधालयबाट निस्किएका थिए ।
उनिहरुलाई स्कुल ,गाउँ वरिपरि र आफन्तहरुको घरमा खोज तलास गर्दा समेत पत्तालगाउन नसकेपछी थप त्रासको सृजना भएको थियो । राती १० बजेको समयमा उनिहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलिले मनहरी ८ र ९ को सिमाना पर्ने गुरुङ डाँडा चोकमा रुदै गरेको अवस्थामा फेला पारिएको थियो । प्रहरी कार्यालय मनहरीका अनुसार हराईएका तीनै जनासङ्गको हुलिया र नाम मिले पछि उद्दार गरि मनहरी चौकी ल्याई बिधालयलाई खबर गरिएको थियो ।
त्रासमय मनहरीको अवस्थालाई मनहरी प्रहरीको समयमै खोज एबम उद्दारको खबरले सबैलाई केही राहत दियो । तर तीन कक्षामा अध्ययन गर्ने ८/९ बर्ष उमेर समुहकाहरु कसरी ८/९ किलो मिटर परको अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ नआउन्जेल भने त्रसित नै रह्यो ।
ईलाका प्रहरी कार्यालय मनहरीका कार्यालय प्रमुख प्रहरी निरिक्षक विशाल सापकोटाका अनुसार उनिहरुसङ्ग सोधपुछ गर्दा घरमा अभिभावकले कराउने गरेको र घर नजाने भन्दै साथी साथी मिलि हिडेको बताए। उनिहरुलाई हिजो राती नै परिवारको जिम्मा लगाईएको प्रहरी प्रमुख निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।