नरभक्षी बाघको आतंकबाट आक्रान्त रहेको मनहरी गाउँपालिका आज साँझ फेरि वडा अध्यक्ष आफै बाघसङ्ग आमुन्ने – सामुन्ने भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनाल हेटौंडाबाट पदमपोखरी हुँदै घर फर्कने क्रममा ज्यामिरे खोलामा जम्काभेट भएको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । उनले थप्दै भने अकस्मात् जोडि बाघ आफ्नै आँखा अगाडि लगभग १०/१५ मिटर अगाडीबाट निस्कियो ,आङ जिरिङ्ग भयो, डर लाग्यो र बाईकको हर्न बजाई अगाडि बढे ।
साँझ ७:३० बजेको समयमा बाघ देखिएको र गाउँ बस्तिमा सबैलाई सजक हुन आग्रह गरिएको समेत बताउनुभयो ।