मनहरी माओबादी केन्द्रको नेतृत्वमा आनन्द घलान र सचिवमा श्री कृष्ण ढकाल

नेकपा माओबादी केन्द्र मनहरी गाउँ कमिटीले नयाँ नेतृत्व प्राप्त गरेकोछ । पौष १८ र १९ गते गरि दुईदिन सम्म चलेको अधिबेशनले अनुभवी नेता मानिएको वीर बहादुर घलान ( आनन्द) लाई सर्बसम्मत चयन गराउन सफल भएको हो । आनन्द घलान पुर्ब जनमुक्ति सेना र पुर्ब जनप्रतिनिधि समेत हुन्।

घलान मनहरी गाउँपालिका वडा नम्बर २ को निर्वाचित जनप्रतिनिधि हुँदा पालिकाकै चर्चित वडा अध्यक्षमा रहेका थिए । बिकास निर्माणमा सदैब पहिलो हुन सफल उनी पार्टी सङ्गठन निर्माण र परिचालनमा समेत अब्बल मानिने गर्दछन्।

त्यस्तै गरि पार्टिले सचिवमा युवा नेतृत्वलाई स्थान दिएकोछ । मनहरीकै चर्चित युवा अनुहार श्री कृष्ण ढकाल सचिवमा निर्बिरोध चयन भएको हो । ढकाल लामो समय देखि पार्टीको वडा तह र पालिका कमिटिमा आवद्ध रहि काम गर्दै आईरहेका थिए ।

दुई दिन सम्म चलेको पार्टीको अधिबेशनले वरिष्ठ उपाध्यक्षमा एकराज पुरिलाई चयन गरेकोछ । त्यस्तै गरि महिला उपाध्यक्ष ईश्वरी सुनार र अर्का उपाध्यक्ष हरि कालाखेती चयन गरेकोछ । त्यस्तै गरि कोषाध्यक्षमा लक्ष्मी खड्का चयन भएकाछन्। सह सचिबमा बद्री उप्रेती र राजकुमार स्याङ्बो चयन भए।

पार्टीमा पदाधिकारीमा धेरैले आकन्क्षा देखाएपछी पार्टी नेतृत्वले अन्ततः सबैलाई मिलाएर लैजान सफल भए । ४५ सदस्यीय गाउँ कमिटीलाई १९ गते नै पार्टीका नेतृत्वले अबिरमाला लगाएर बधाई दिएको थियो ।
मनहरी ९ स्थित अग्नि होत्रा आश्रममा सम्पन्न अधिबेशनमा पार्टीका जिल्ला सचिव वीर बहादुर घलान (ज्वाला), प्रदेश कमिटी सदस्य सीता पुलामी मगर , जिल्ला समन्वय सदस्य राजकुमार पाख्रिन, मनहरी गाउँपालिका ईन्चार्ज राम हरि सुवेदी र निर्वाचन कमिटीका मातृका ढुंगाना , खुशिलाल मुक्तान , उत्तर कुमार तामाङ लगाएत अन्य नेताहरु सर्ब सम्मतको लागि घनिभुत रुपमा लागि परेका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.