मनहरी गाउँपालिका स्तरिय अन्तर बिधालय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८१ सोमबार सम्पन्न भएकोछ । मनहरी गाउँपालिका वडा नम्वर ७ मा अवस्थित राष्ट्रिय रोटरी माबिमा पौष १३,१४ र १५ गतेसम्म सन्चालन भएको प्रतियोगितामा ९ स्वर्ण सहित राष्ट्रिय माबि सुनाचुरी प्रथम भएको हो । सुनाचुरी स्कुलले ९ स्वर्ण,८ रजत र २ कास्य सहित कुल १९ पदक प्राप्त गरे ।

गत सालको बिजेता बाल जीवन ज्योती माबि मनहरी १, मकरीलाई पछि पार्दै मनहरी ६ सुनाचुरी स्कुलले पहिलो हुँदै पालिका स्तरीय अन्तर बिधालय रनिङ शिल्ड हातपारेकोहो । मकरी स्कुलले दोश्रो स्थानमा चित्त बुझाउनु परेकोछ । उसले ६ स्वर्ण,७ रजत र ५ काश्य सहित कुल १८ पदक जोड्न सफल रह्यो । त्यस्तै युवाबर्ष गङ्गा आबि मनहरी ९ रजैया तेश्रो हुँदै गर्दा उसले ५ संवरण,३ रजत र १ काश्य प्राप्त गरे।

पालिका भित्र रहेका ३२ वटा स्कुल रहेकोमा १४ वटाले सहभागिता जनाएको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । जसमा केही बिधालय खाता नै नखोली रित्तो हात फर्कनु पर्यो । प्रतियोगिता सन्चालनको लागि पालिकाबाट ४ लाख रुपैया बजेट बिनियोजिन गरिएको थियो ।
यता शिक्षकहरु माझ खेलको माध्यामबाट थप सक्रियता र उर्जा मिलोस भन्दै मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा मनहरी ३ ले ४ नम्बर वडालाई पराजित गर्दै शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

प्रतियोगिताको बिजेता उपबिजेता टोलिलाई पुरस्कार हस्तान्तरण गर्दै मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले पढाई संगसङ्गै अतिरिक्त शिक्षामा पनि अब्बल रहनु पर्ने भन्दै यो खेलकुद पनि एक किसिमको ज्ञान नै हो भन्नुभयो । साथै प्रतियोगितामा सहभागी भई बिजेता हुने टिम र सहभागी हुने सम्पुर्ण टोलिलाई बधाई तथा धन्यवाद समेत दिनुभएको थियो ।
समपन स्मारोहण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष ,शिक्षा शाखाका कर्मचारी लगाएत अन्यको आतिथ्यता रहेको थियो ।