मनहरीमा जारी राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता छनोटको छात्रा तर्फको कबड्डी खेलमा रोटरी माध्यामिक बिधालय सेमिफाइनलमा प्रबेश गरेकोछ । सेमिफाइनलमा भोलि आईतबार बिहान राष्ट्रिय माबि सुनाचुरीसंग फाईनको लागि खेल्नेछ । यता बाल जीवन ज्योती मनहरी १ ले भने फाईनलमा स्थान सुरक्षित गरिसकेकोछ । मकरीले मनहरी ७ को राष्ट्रिय माबि रमनटारलाई हराउदै यस सिजनको पहिलो फाईनलिस्ट बन्न सफल भएको हो ।
मनहरी ७ स्थित राष्ट्रिय रोटरी माबिको खेल मैदानमा सन्चालन भईरहेको प्रतियोगितामा १२ वटा सामुदायिक र २ वटा संस्थागत गरि १४ वटा बिधालयको सहभागिता रहेको छनोट प्रतियोगितामा पहिलो दिन छात्र भलिबल , १५०० मिटर रिले दौड , १०० मिटर डौड, छात्र/ छात्रा कबड्डी लगाएतका खेलहरु संचालन गरिएको थियो । तीन दिन अर्थात पौष १३,१४ र १५ गतेसम्म संचालन हुने प्रतियोगितामा भोलि अर्थात दोश्रो दिन पौष १४ गते आजका बाँकी रहेका खेलहरुले बिहान ८ बजे देखिनै निरन्तरता पाउने मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मनहरी गाउँपालिकाको उपाध्यक्ष बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रमको बिशिष्ट अतिथी एबम पालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाले बिधालयलाई पढाइ संगसङ्गै अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित गराउने सुनौलो अवसरको रुपमा यस छनोट प्रतियोगितालाई लिईदिन सम्पुर्ण बिधालयलाई आग्रह गर्नुभयो । खेलको माध्यामबाट मनहरी गाउँपालिकालाई जिल्ला स्तर र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि स्थान बनौन सफल भएको भन्दै खेलाडीहरुलाई यो अवसरलाई अनुशासित भएर खेल कौशल देखाउन आग्रह गर्नुभयो ।

वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्यालले पालिका भित्र रहेका ३२ वटा बिधालय रहेकोमा अटेरी गरि सहभागी नहुने बिधालयलाई कारबाही गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिका २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिन, ७ नम्बर वडा सदस्य नमराज सुबेदी लगाएत विभिन्न राजनैतिक दलका प्रतिनिधी, बिधालयका प्रधानाध्यापक लगाएतकाको आतिथ्यता रहेको थियो ।
गत साल बाल जीवन ज्योती माबि मनहरी १ ले छनोटमा प्रथम हुँदै रनिङ शिल्ड उचालेको थियो ।