पालिका स्तरिय शिक्षक भलिबलको फाईनलमा मनहरी ३ र ४ नम्बर फाईनलमा

मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक बिधालयमा जारी शिक्षक भलिबल प्रतियोगिताको फाईनलमा मनहरी ३ र ४ नम्बर प्रबेश गरेकोछ ।

प्रतियोगिताको उद्घाटन गर्नेक्रममा प्रमुख अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले खेलले सम्पुर्ण शिक्षकहरुमा आपसी सद्भाव र पुनर्मिलनको योग बनाईदिएको बताउनुभयो । साथ साथै अध्यक्ष कालाखेतिले यसबाट आफुले अध्यापन गराउदै आईरहेको स्कुलमा बिद्यार्थीलाई पनि खेल प्रती प्रेरित गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै वडा नम्बर ३ ले वडा नम्बर ७ लाई पराजित गर्दै फाईनलमा ४ नम्बर वडासङ्गको भेट पक्का गरेको हो ।

मनहरी गाउँपालिका स्तरिय अन्तर बिधालय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता – २०८१ को उत्तरार्धमा सन्चालित प्रतियोगितामा मनहरी गाउँपालिका भित्र अध्यापन गराउने शिक्षकहरुलाई वडागत रुपमा बिभाजन गरि खेलमा समाबेस गराईएको थियो ।वडा नम्बर ६ को २ वटा टोलि सहित १० वटा टिम बिच भएको प्रतिस्पर्धामा फाईनलमा वडा नम्बर ३ र ४ ले स्थान सुरक्षित गरेको हो । बिजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले बताउनुभयो । शिक्षक / शिक्षक बिच आपसी सद्भाव ,भाईचारा र पुनर्ताजगीताको लागि खेल महत्वपूर्ण हुने अभिलाषाले यो खेल आयोजना गरिएको गाउँपालिकाले जनाएकोछ । प्रतियोगिताको फाईनल खेल यहि पौष १५ गते हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.