राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको वडास्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकोछ ।
शनिबार सुर्योदय माबि पलासे स्कुलको प्राङ्गण खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ३ ले उपाधी जित्न सफल भएको हो । उपाधिको लागि राक्सिराङ्ग गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ मैदानमा उत्रिएका थिए ।
३ नम्बर वडाले वडा नम्बर १ लाई सोझो सेटमा पराजय गर्ने क्रममा पहिलो सेटमा (२५-१९) दोश्रो सेटमा (२५-१९)र तेश्रो सेटमा पनि पहिलो र दोश्रो सेटमा झै (२५-१९)को सेटमा रोक्दै उपाधी उचालेको हो । जित सङ्गै वडा नम्बर ३ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै उपाधी होडमा रहेको अर्को टोलि वडा नम्बर १ भने उप बिजेतामै सिमित रहन पुग्यो । उसले नगद २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपाधी बितरणको क्रममा प्रमुख अतिथी तथा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले खेलाडी उत्पादनमा वडा/ वडाबाट जाग्नु पर्ने भन्दै राक्सिराङ्ग गाउँपालिकाले खेलकुदमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो ।
मंसिर २७ गते देखि मंसिर २९ गते सम्म संचालित प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो। पछिल्लो पुस्तामा भलिबल खेल प्रती चासो रहेता पनि औपचारिक रुपमा खेलको आयोजना नहुँदा खेलाडीको हौसलाको लागि भएपनी यस प्रतियोगिताको आयोजना गरिएको राक्सिराङ्ग ३ का वडा अध्यक्ष उत्तम वाईबाले बताउनुभयो । प्रत्येक टिमले तीन जना आगन्तुक खेलाडी राख्न पाउने गरि यस पटक व्यवस्ता मिलाईएको थियो ।
प्रतियोगिता विभिन्न बिधा अन्तर्गत वडा नम्बर १का खेलाडी टेक रावल बेष्ट ब्लकर, वडा नम्बर कै राम स्यान्तान बेष्ट लिब्रो र वडा नम्बर ३ का खेलाडीहरु मन्जिल गुरुङ र नवीन महतो क्रमश बेष्ट सेटर र बेष्ट स्पाईकर घोषित हुँदा ३ नम्बर वडाकै निकेश महतो बेष्ट प्लेयर घोषित भए ।