मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले जलवायु परिवर्तनको असर बारे सबैले बुझ्नु आवश्यक रहेको बताउनुभएकोछ ।
आईतवार पालिकाको लामिटार सभाहलमा आयोजित जलवायु परिवर्तन सम्बन्धि एक दिने सचेतनामुलक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका पुलामी मगरले गाउँपालिकाले सामुदायिक बन, किसान, आमा समूह र बिधालयका प्रतिनिधीहरुलाई प्रत्यक्ष रुपमा सचेतना गराउने कार्यमा लागेको भन्दै हामी सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका मानव जातिले कारण अनाहकमा धेरैनै क्षती ब्यहोर्दै आउनुपरेको भन्दै सिङ्गो पारिस्थितिक प्रणालीलाई ब्यबस्थित गर्न पनि बातावरण अनुकुल बनाईराख्न आवश्यक रहने बताउनुभयो । साथ साथै कार्यक्रमले सहभागी सबैमा आ आफ्नो दायित्व बोध गराउन मद्दत पुग्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै मनहरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्यालले जलवायु परिवर्तनसङ्ग जुध्न हामी सबै तयार रहनुपर्ने बताउनुभयो । हाम्रो सानो तिनो गल्तिले बातावरणमा धेरैनै असर पर्ने भन्दै त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
हिमराईट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबाले आफुहरुले पनि जलवायु परिवर्तनसङ्ग सम्बन्धित रहेर बिगत देखिनै कार्य गर्दै आईरहेको बताउनुउदै हामी सबैले ब्यक्तिगत आचरण ,बानी ,व्यवहार सुधार्नु पर्नेमा जोड दिनुभयो । मानव ब्यबहारकै कारण जलवायु परिवर्तन र जोखिम निम्त्याएको भन्दै हामी सुध्रिन जरुर ढिला भैसकेको समेत बताउनुभयो ।

आमासमुह , किसान, शिक्षक , सामुदायिक बन उपभोक्ता समूह र अन्य क्षेत्रका प्रतिनिधित्व रहेको कार्यक्रममा पालिका भित्रका ६० जनाको सहभागिता रहेको थियो ।

मनहरी गाउँपालिका सामाजिक बिकास शाखाको आयोजनामा आयोजित कार्यक्रमको सभाध्यक्षता ९ नम्बर वडा अध्यक्ष एबम बिपत संयोजक राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।त्यस्तै कार्यक्रमको सहजिकरण मनहरी गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले गर्नुभएको थियो ।
