राक्सिराङ्ग गाउँपालिकाको वडा नम्वर ५ चैनपुरमा महिला सहभागितामुलक अनुसन्धानको समीक्षा बैठक सम्पन्न भएकोछ । मंसिर २० गते पालिकाको सभा हलमा सम्पन्न समिक्षात्मक बैठकमा टुकि फाउन्डेसनले राक्सिराङ्ग ५ मा समुदाय स्तरमा प्रयोग हुँदै आईरहेको खानाको अवस्थाको बारेमा एक्सन बेस रिसर्चको नतिजाको बारेमा समीक्षा गरिएको थियो ।

बिशेषगरि महिलाको सहभागितामा आधारित रहेर आमा समुहमा गएर गरिएको अनुसन्धानले आफ्नो रैथाने खानेकुरालाई बिर्सिएको र आयातित खाने कुराले ती खाने कुरालाई बिस्थापित मात्रै नगरेर जिविकोपार्जन र सामाजिकिकरण हुनलाई आर्जित खानपानले आफुहरुलाई एक्ल्याईरहेको भन्दै यस्ता कुराले आफुहरुलाई दुखित तुल्याएको अनुसन्धानमा समाबेस महिलाहरुले बताएछ ।

बिशेष गरि ड्यु बिना मेलापातमा समेत मान्छेहरु पाउन नसकिने अवस्था आएको उनिहरुको भनाई रहेकोछ । त्यस्तै गरि छिटो छरितो रुपमा प्राप्त हुने पत्रु खानाको रुपमा चिनिने चाउचाउ , बिस्कुट लगाएत अन्य खानाको सहज उपलब्धताको कारण र आफ्नै अल्छिपनाको कारण खानपानमा अस्वस्थकर खानेकुरालाई स्विकार्दै आईरहेको बताएकाछन्।
कार्यक्रममा आफ्नो धारणा राख्दै पालिका अध्यक्ष राजकुमार मल्लले मानिसले देखि – देखि बीष सेवन गरिरहेकाछौ भन्दै आफू स्वयंम पनि आर्गनिक मान्छे हुँ भन्दै खानपानमा ख्याल गर्न सबैलाई आग्रह गर्नुभयो ।त्यस्तैगरी अल्छिपनको कारण अहिलेको समस्या देखिएको भन्दै सबैभन्दा पहिले आफ्नै भान्सा घरबाट आर्गनिक बन्न सक्नुपर्छ भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुदै पालिका उपाध्यक्ष बनस्तम थिङले परम्परागत खानेकुरामा पछिल्लो समयमा बाह्य कुराले आक्रमण गरेको बताउनुभयो ।उहाँले बाह्य र बिकारजन्य खाने कुरालाई बिस्थापित गर्नको लागि घर घरबाटै जागरुक बन्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा उपस्थित महिलाहरुले खानपानमा परम्परागत आर्गनिक चिजबस्तुको प्रयोगमा समय सापेक्ष ढङ्गबाट प्रयोगमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । २५ बर्ष अगाडी गाउँमा प्रसस्त मात्रामा माछा , सागपात , सिस्नु ,कन्दमुल लगाएतका अन्य खानेकुरा पाईने गर्दथ्यो भने अहिले आएर ती सबै कुरा नास हुँदै गएको र संरक्षणमा कसैलेपनी तदारुकता नदेखाएको कारण यस्तो भएको स्थानीयको बुझाई रहेको थियो ।

कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, विभिन्न वडाका वडा अध्यक्षहरु ,संस्थाका प्रतिनिधिहरु र स्थानिय सरोकारवाला एबम स्थानिय महिलाहरुको उपस्थिती रहेको थियो ।

बेसहाराको सहारा बन्दै टुकि फाउन्डेसन
बेसहारा एकल महिलाको सहारा बन्न टुकि फाउन्डेसनले सुरक्षित आवास सहित आयाअर्जनको लागि आफुलाई प्रस्तुत गर्दै आईरहेकोछ । २०७६ सालमा शुरु भएको सस्थाले एकल महिला ,एकल आमाहरुलाई २ कोठे घर निर्माण गर्दै आईरहेकोछ ।
संस्थाले मकवानपुर जिल्लाको कैलाश, राक्सिराङ्ग र मनहरी गाउँपालिकामा पनि एकल महिलाहरुलाई सुरक्षित आवास प्रदान गर्दै आईरहेकोछ । संस्थाले डिसेम्बर २०२४ को अन्त्यसम्म विभिन्न जिल्लामा ४१ वटा घर बनाई हस्तान्तरण गर्ने क्रममा रहेको छ ।