राज्यले जनता आवास कार्यक्रम मार्फत जनतालाई घाँटी न्याक्ने काम गर्यो : राक्सिराङ्ग अध्यक्ष मल्ल

राज्यले जनता आवास कार्यक्रम मार्फत जनतालाई घाँटी न्याक्ने काम गरेको भन्दै राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राज कुमार मल्लले असन्तुष्टि ब्यक्त गर्नुभएकोछ ।

मंसिर ७ गते शुक्रबार राक्सिराङ्ग गाउँपालिकाको सबै भन्दा बिकट वडा मानिने ७ नम्बर वडाको तल्लो गर्लिङ्गमा रहेको एक बिधालयको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष मल्लले यस्तो बताउनुभएको हो । हुँदै नहुने जनताले कहाँबाट पैसा ल्याएर घर बनाउने र योजना सम्पन्न भई सक्दापनी अनेक बहाना गरेर जनतालाई दु:ख दिने कार्य गरेको प्रती खेद जनाउनुभयो । साथै शिलान्यास कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य सांसद माननीय ईन्द्र बहादुर बानियाँलाई यसको विषयमा सदनमा आवाज उठाईदिन समेत आग्रह गर्नुभयो ।

राक्सिराङ्ग गाउँपालिकाको धेरै फाईलहरु पेण्डिङ्ग रहेको अवस्थामा जनताको पक्षमा बोलिदिन आग्रह समेत गर्नुभयो । बि.स.२०७२ सालको बिनासकारी महाभुकम्पको कारण पुर्ण क्षती पुर्‍याएको सातकन्या प्राथमिक बिधालय भौगोलिक विकटताकै कारण भुकम्पको पुर्ण क्षतीमा परेता पनि राज्यबाट काम हुन नसकेको अवस्थामा गाउँपालिका सरकारले आफ्नो पहिलो कार्यकाल २०७३/०८४ मा दश लाख छुट्याई जसोतसो पठन पाठन कार्यको लागि भवन बनाईदिएको स्मरण गर्नुहुँदै ब्यबस्थित र सुबिधा सम्पन्न बिधालय निर्माणमा लागि परेको दिगो बिकासका लागि एकता नेपाल( USD Nepal)लाई धन्यवाद दिनुभयो ।

आफ्नो पालिकामा शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा प्रभावकारी रुपमा काम गरि पालिकाको करोडौ रुपैया जोगाउन सहयोग गरेको र उक्त रकम पालिकाको अन्य बिकासका निर्माण शिर्षक जस्तै बिजुली, खानेपानी,सडक आदिमा खर्च गर्न पाएको जस्ले गर्दा राक्सिराङ्ग जस्तो बिकट र पछि परेको ठाउँको बिकासमा सहयोग मिलेको प्रती पालिका प्रमुख भएको हैसिएतले सस्थालाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सङ्गै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

२ करोड १ लाख १७ हजार त्रिसट्ठी रुपैयाँ उनन्चालिस पैसाको लागतमा ७ वटा कोठा भएको पक्की भवन बन्ने भएपछी जग्गादाता एकराज मुक्तान प्रती आभार गर्नुभएकोथियो ।

गृह आर्किटेक एण्ड ब्युल्डिङ प्राइभेट लिमिटेडले योजना सम्झौताको एक बर्ष भित्र अर्थात २०८२ कात्तिक १८ गते सम्पन्न गर्ने गरि काम अगाडि बढाएकोछ ।

ईसिडी सहित कक्षा ५ सम्म अध्ययन हुने स्कुलमा एक सय पन्ध्र जना बिधार्थी अध्ययनरतछन् । कक्षा कोठाको राम्रो ब्यबस्थापन नभएको कारण बिधालयमा भर्ना भएका बिधार्थिहरु नियमित बिधालय नआउने गरेको बिधालयका प्रधानाध्यापक अनुराधा कुमारी चौधरीले जानकारी दिनुभयो । वडा कार्यालय सङ्गै रहेक बिधालय समुद्री सतह देखि १ हजार ३ सय ५८.८१ मिटर अग्लो उचाईमा अवस्थित रहेकोछ ।

शिलान्यास कार्यक्रममा माननीय ईन्द्र बानियाँको प्रमुख आतिथ्यता संगसङ्गै निबर्तमान बागमती प्रदेश भौतिक राज्य मन्त्री तथा पुर्ब माननीय सन्त बहादुर चेपाङ , राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडा अध्यक्ष राम बहादुर प्रजा, संस्थाका प्रतिनिधि लगाएत विभिन्न संघ सस्था तथा पार्टी प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

जग्गादाता तथा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष एकराज मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.