यतिबेला देशले खोजेको शक्ति माओवादी केन्द्र नै रहेको बागमती प्रदेश सभा सदस्य संसद माननीय प्रेम बहादुर पुलामी ( छिन्तु) ले बताउनुभएकोछ । आज पुर्व जनमुक्ति सेनाको २३ औं स्थापनाको सम्झनामा मनहरी २ भिमानमा आयोजित शुभकामना आदन प्रदान तथा पालिका स्तरिय पुर्व जनमुक्ति सेना भेला तथा कमिटी गठनलाई सम्बोधन गर्नुहुदै यस्तो बताउनुभएको हो ।
अहिले माओवादी केन्द्र पार्टीले सुशासनको नारालाई बुलन्द पार्दै लगिरहेको बताउदै भ्रष्टाचारीहरु भागाभागको स्थितिमा रहेको बताउनुभयो । माओबादी केन्द्रले श्रमजीवी बर्गको सदैब पक्ष लिने भन्दै समाज रुपान्तरणको लागि जनमुक्ति सेनाको ईतिहासमा ठूलो भुमिका रहेको स्मरण गर्नुभयो । जनताको हक र अधिकारको स्थापनाको लागि लड्ने जनताको लाल सेना कहिल्यै पुर्व हुन नसक्ने भन्दै पुर्व जनमुक्ति सेनाको भेला खबरदारीको पुर्व तयारी स्वरुप रहेको समेत बताउनुभयो । आजको भेलाले जनमुक्ति सेनाहरु हराएको छैनौ भन्ने सन्देश मुलक सभा समेत रहेको बताउनुभयो ।
२३ औं जनमुक्ति सेना दिवसको अवसरमा मनहरी गाउँपालिका वडा नम्वर २ को एतिहासिक स्थल भिमानमा आयोजित शुभकामना आदन प्रदान तथा भेलाद्वारा बिजय लम्साललाई अध्यक्षमा सर्बसम्मत चयन गरिएको हो । कमिटीको अध्यक्ष लम्साल सङ्गै उपाध्यक्षमा ईमान सिंह थिङ, सचिब पुर्ण बहादुर घलान र लक्ष्मी घलान खड्कालाई कोषाध्यक्षमा सर्बसम्मत चयन गरेको हो