मनहरीका पुर्ब जनमुक्ति सेनाहरुको भेला यहि मंसिर ८ गते भिमानमा हुँदै

दश बर्ष शशस्त्र जनयुद्ध गरेको नेकपा माओबादी केन्द्र पार्टीको सेना अर्थात पुर्ब जनमुक्ति सेनाहरुको मनहरी गाउँपालिका स्तरिय भेला हुने भएको हो ।

जनमुक्ति सेना स्थापना भएको २३ औं स्थापना दिवसको अवसर पारेर मनहरी गाउँपालिका भित्र रहेका पुर्ब जनमुक्ति सेनाहरु बिच शुभकामना आदनप्रदान तथा भेला हुन लागेको पुर्ब जनमुक्ति सेना सुरेन्द्र घलानले जानकारी दिनुभयो । साथै हिजोको दिनमा ज्यानको बाजि लगाएर पार्टी र सिङ्गो उत्पीडित , बर्गको उत्थानको लागि हक र अधिकारका लागि लड्ने साथिहरु गोलबद्ध हुन आवश्यक रहेको भन्दै पालिका स्तरिय भेला राखिएको समेत घलानले बताउनुभयो ।

मनहरी गाउँपालिका भित्र पनि ३०/३५ जनाको हाराहारीमा पुर्ब जनमुक्ति सेनाहरु रहेको उनिहरुको दावी रहेकोछ । मंसिर ८ गतेलाई स्थापना दिवसको रुपमा मान्दै आईरहेको पुर्ब जनमुक्ति सेनाहरुले मनहरी गाउँपालिका २ स्थित भिमानमा शुभकामना आदनप्रदान सहित भेला राखिएको र पार्टीका अन्य नेता, कार्यकर्ता,समर्थक एबम शुभेच्छुकहरु सहित एक सयको हाराहारीमा अनुमानित उपस्थिती हुने गरि कार्यक्रमको तयारीमा लागिएको पुर्ब जनमुक्ति सेना बिजय लम्सालले जानकारी दिनुभयो । भेलाले मनहरी गाउँपालिका स्तरिय पुर्ब जनमुक्ति सेनाको समिती समेत गठन समेत गरिने आयोजकले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.