युवा उमेद्वारलाई साथ दिने भन्दै ३४ जना माओबादी केन्द्रमा प्रबेश
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ गुरौबिर्ता टोलका ३४ जना युवाहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

हेटौंडा १२ स्थित गुरौबिर्ता झोलुङ्गेपुल चोकमा बिहिबार भएको स्थानीय तह उपनिर्वाचनको चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस समर्थक र स्वतन्त्र रहेका गुरौबिर्ता टोलका रुपक भुजेल, मिना स्याङ्तान, सगुन ढकाल, भुवन श्रेष्ठ, रेशम कुमार दर्जी, हरिहर पुडासैनी सहित अन्य गरि ३४ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।

उनिहरुलाई नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम, पार्टी जिल्ला सचिव तथा प्रदेश कमिटी सचिवालय सदस्य एबम चुनावी अभियान कामाण्डर वीर बहादुर घलान (ज्वाला) ,प्रदेश कमिटी सचिवालय सदस्य ललित घनाल, जिल्ला सदस्य भगिरथ नेपाल (रामजी) र उम्मेदवार रबि कुमार प्रधान (रविन)ले अबिर र खादा लगाई पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए।
माओवादी केन्द्र रोज्नुको कारण भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र दृढ भएको भन्दै आफुहरुलाई माओवादी केन्द्र मन परेको किरण अधिकारीले बताए ।
साथै समाजको विकासमा सक्रिय युवा ब्याक्तित्व रविन योग्य उम्मेद्वार भएकोले आफुहरुले रविनलाई जिताउन प्रतिबद्ध भएको बताए ।
कार्यक्रममा उम्मेदवार रबिन प्रधानले झोलुङे पुल क्षेत्रमा तटबन्ध र पक्की पुल निर्माण लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएकाथिए ।