भ्रष्टलाई संरक्षित गर्ने जिम्माका साथ अहिलेको सरकार गठन भएकोछ : माओबादी केन्द्र नेता गौतम

मंसिर १६ गते हुने उपनिर्वाचन भ्रष्ट र तस्करलाई सवक सिकाउने दिन भएको माओबादी केन्द्रका नेता तथा मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमले बताउनुभएकोछ । आगामी मंसिर–१६ गते हुने उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडामा वडाध्यक्षका लागि निर्वाचनको मैदानमा पार्टी चुनावमा होमिदै गर्दा अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

भ्रष्टाचारिहरुलाई सवक सिकाउन माओबादी केन्द्रको जित आवश्यक रहेकोमा समेत बताउनुभयो ।साथ साथै माओबादीका उमेद्वावारले जित्नु भनेको सुशासन र भ्रष्टाचार बिरुद्धको जित हो भन्दै पार्टीले युवा तथा सक्षम र बिकास प्रेमी नेतृत्वलाई चुनावी मैदानमा उतारेको बताउनुभयो ।

त्यस्तै जिल्ला ईन्चार्ज गौतमले अहिलेको सरकार भ्रष्ट र तस्करहरुलाई संरक्षण गर्ने जिम्मेवारीका साथ गठन भएको भन्दै जनताको काम गर्ने होईन जनतालाई दु:ख दिने तर्फ उद्दत रहेको कारण अहिलेको प्रधानमन्त्री देश तथा बिदेशमा समेत लखेटिन परेको बताउनुभयो ।

उक्त उपनिर्वाचनमा आफ्नो किल्लालाई सुरक्षित गर्न माओवादी केन्द्रले सचिव ज्वालालाई चुनावी कमाण्डरको जिम्मेवारी दिंदै मैदानमा उत्रिएकोछ । यसअघिको जितलाई निरन्तरता दिने गरी ज्वालाको कमाण्डमा अहिले माओवादी केन्द्रका केन्द्रदेखि वडातहसम्मका नेताहरु चुनावी मैदानमा होमिएका छन् ।

माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचारप्रसारलाई तीब्रता दिईरहेको छ ।
माओवादी केन्द्रले हेटौंडा–१२ नम्बर वडामा ६ वटा निर्वाचन परिचालन तथा सम्पर्क कार्यालयहरु स्थापना गरेर चुनावी गतिविधि संचालन गर्दै आईरहेको पार्टीका जिल्ला सचिव तथा चुनावी कमाण्डर ज्वालाले बताउनुभयो ।

चुनावी मैदानमा उत्रिएको माओबादी केन्द्रले सिङ्गो पार्टी पंक्तिलाईनै मैदानमा उतारेकोछ ।

हेटौंडा–१२ को निर्वाचनमा हालसम्म नेकपा एमालेले राजेश नगरकोटी, नेपाली काँग्रेसले अर्जुन तिवारी, एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपाले प्रेम लामा ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बललाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाछन् ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.