नगर प्रहरीको उपस्थितीले रक्सिराङ्गका खोला खोल्सामा माछाले नयाँ जीवन प्राप्त गर्दै

राक्सिराङ्ग गाउँपालिकामा रहेका खोला खोल्साहरुमा माछाले नयाँ जीवन प्राप्त गरेकोछ ।

पालिकाको जनप्रतिनिधि तथा प्रशासन उपस्थित हरेक कार्यक्रमहरुमा स्थानिय जनताले खोलामा पानी छ माछा छैन भन्दै माछा जोगाउने उपाय खोज्न आग्रह गर्दै आईरहेको थियो । गाउँपालिकाले सार्बजनिक सुचना नै नगर प्रहरीको सहयोगमा सुचना पर्चा टास तथा गस्तीलाई प्रभावकारी ढङ्गले अगाडि बढाएपछी पालिकाले खोलामा लोक्कल माछालाई पुनः जीवन प्रदान गर्न सफल भएको हो ।

नगर प्रहरीको सक्रियतासङ्गै राक्सिराङ्ग भएर बग्ने मनहरी खोलासङ सङ्गै जिर्खी खोलामा समेत माछा पानीमा पौडिरहेको देख्न सक्छौ ।

नगर प्रहरी राक्सिराङ्गका असई राजकुमार प्रजाले पालिका भित्र अटेर गरि करेन्ट लगाउनेहरुको सामाग्री जफत गरिएको र अझै केही बाँकी टोलि रहेको भन्दै हाम्रो बाउ बाजेको पालामा यहि खोलामा गोठाला जादा गाईले कुल्चेर मरेका माछाले छाक पुग्ने थ्यो अरे भन्दै हामी त्यहा सम्म नपुगौला तर हामी मनहरी खोलामा माछालाई रित्तिदै गएको उनिहरुको बास स्थान जोगाउन सफल हुनेमा बिश्वस्त रहेको बताउनुभयो ।

नगर प्रहरी राक्सिराङ्गले स्थापनाको २ महिनामै माछालाई खोलामा फर्काउन सफल भएपछी राक्सिराङ्ग ५ का स्थानिय बासिन्दा सरोज प्रजाले नगर प्रहरिको प्रशन्सा गरे । त्यस्तै नदिजन्य पदार्थको अनाधिकृत रुपमा हुँदै आईरहेको प्रती पनि नगर प्रहरी लाग्नेमा बिश्वास ब्यक्त गरे ।

राक्सिराङ्ग गाउँपालिकाले कात्तिक २८ गते देखि लागुहुनेगरी नगर प्रहरी भर्ती गरेको थियो । सात जनाको दर्बन्दी रहेको नगर प्रहरी राक्सिराङ्गमा दुई जना महिला नगर प्रहरी र अन्य पुरुष प्रहरी रहेकाछन् । पालिका भित्र हुने हरेक गतिबिधीहरु विधि सङ्गत ढङ्गबाट सन्चालनको लागि नगर प्रहरी कार्यालय चैनपुरले हरदम पहल कदमी लिने नगर प्रहरी असई राजकुमार प्रजाले बताउनुभयो । नगर प्रहरीले सामाजिक सुरक्षा भत्ता बितरण सरसफाई लगाएत अन्य पालिका भित्र सन्चालन हुने गतिबिधिलाई सु सम्पन्न गराउनको लागि निरन्तर खटिदै आईरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.