राक्सिराङ्ग गाउँपालिकाले २८ घर धुरीलाई उज्यालो बत्ती बितरण गरेकोछ । कात्तिक १४ गते गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा उज्यालो सोलार बत्ती बितरण गरिएको हो ।
राक्सिराङ्ग गाउँपालिकाको बिकट वडा मानिने ७ नम्बर वडामा गाउँपालिकाको समन्वयमा तत्काल विद्युतको पहुच नभएका टोलहरु चरिमारा, रिन्चाराङ्ग र दाराङ्गमा सोलार बत्ती बितरण गरिएको हो ।

गाउँपालिकाले उज्यालो पर्बको रुपमा चिनिने शुभ दिपावलीमा अध्यारो घरहरुमा उज्यालो पुर्याउने प्रयास गरेको हो । बितरण कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष राज कुमार मल्लले सिङ्गो पालिकानै बिद्धुतिकरण गर्ने अन्तिम चरणमा रहेको र केही ठाउँ अझै बिद्धुतिकरण गर्न समस्या रहेका जनतालाई उज्यालो बत्ती पुर्याउने राज्यको दायित्व रहेको भन्दै सोही अनुसार यो कार्यक्रम ल्याईएको बताउनुभयो ।
सोलार बत्ती प्राप्त गर्ने लाभग्राहीले पालिका सरकारले अन्ध्यारो बस्तिमा उज्यालो प्रकाश छर्ने कार्य गरेको प्रती खुशी हुँदै स्थानिय सरकारलाई धन्यवाद दिएका थिए ।
पालिकाले उक्त कार्यक्रमको लागि तीन लाख बजेट छुट्टयाइएको थियो ।

बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्ल,३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा,६ नम्बर वडा अध्यक्ष अक्कल बहादुर मुक्तान , ७ नम्बर वडा अध्यक्ष राम बहादुर प्रजा र गाउँपा
लिकाका योजना शाखा प्रमुख चुन नारायण श्रेष्ठ लगाएतकाको उपस्थिती रहेको थियो ।