रमौलीमा जारी पालिका स्तरिय नक आउट फुटबलको फाईनल भोलि

मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली स्थित क्षेत्रीय रङ्गशालामा जारी पालिका स्तरिय नक आउट फुटबलको फाईनल खेल भोलि अर्थात कात्तिक १६ गते हुने भएकोहो ।

फाईनलमा उपाधीको लागि रमनटार युथ क्लब र एफसी सिम्पानी बिच खेल हुनेछ । रमनटार युथ क्लबले सुनाचुरि युथ क्लबलाई पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो ।त्यस्तै दोश्रो सेमिफाईनलको खेलबाट एफसि सिम्पानीले बाङ्नाम युथ क्लबलाई पराजित गर्दै रमनटारसङ्गको भेट पक्का गरेको हो ।

कात्तिक १० गते बाट शुरु भएको खेलमा पालिका भित्रका टिमको सहभगिता रहेको थियो ।चुरिया माई युवा क्लब रमौलीको आयोजनामा आयोजित प्ररियोगितामा प्रथम हुने टोलिले नगद ४० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै दोश्रो हुने टोलिले नगद २० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.