राक्सिराङ्ग गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै जनतालाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने हेतुले बिमा अभिकर्ताहरुलाई अभिमुखिकरण तालिमको आयोजना गरेकोछ ।

कात्तिक ११/१२ गरि दुई दिनसम्म चल्ने अभिमुखीकरण तालिममा पालिकाका नौ वटै वडाका अभिकर्ताहरुको सहभागिता रहेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले हामिलाई अफ्ठ्यारो परेको अवस्थामा बिमाको निक्कै महत्व हुने बताउनुभयो । अस्पताल जादा अप्रेसन गर्ने बेलमा बिमाको महत्व ख्याल आउने सन्दर्भलाई जोड्दै अध्यक्ष मल्लले समयमै बिमा गरि आर्थिक क्षती न्युनिकरणमा जनतालाई यसको महत्व सहित जानकारी एबम बिमा कार्यक्रममा सहभागिता जनाउन बिमा अभिकर्ताले सहजिकरण गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।
पालिकाले गरिब, बिपन्न तथा असहायहरुको लागि भनेर स्वास्थ्य बिमा कार्यक्रम निशुल्क गराईदिने अबधारणा ल्याईएको समेत बताउनुभयो । साथ साथै बिमा त पालिकाले गर्दियो तर बिमा नबिकरण नगर्दिने समस्या पछिल्लो चुनौती रहेको समेत बताउनुभयो ।
पालिकामा रहेको राक्सिराङ्ग आधारभुत अस्पताललाई
पहिलो बिन्दु राखेर काम अगाडि बढाईनेछ समेत जानकारी दिनुभयो । स्वास्थ्य बिमा कार्यक्रमले पालिकाको स्वास्थ्य क्षेत्रमा स्थानिय समुदायलाई झकझकाउने एउटा माध्याम बन्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

राक्सिराङ्ग आधारभुत अस्पताललाई पहिलो सेवा केन्द्र बनाएर पालिकाले कार्यक्रम अगाडि बढाउने योजना रहेको पालिकाले जनाएकोछ
२५ हजार ९ सय ९६ जनसंख्या रहेको पालिकामा ५ हजार ३ सय ३४ जनाको स्वास्थ्य बिमा रहेको पछिल्लो बिबरणले देखाएकोछ । जनसंख्याको आधारमा राक्सिराङ्गमा जम्मा २१ प्रतिशतले बिमा गरेको अवस्था छ ।