मनहरी बजारमा सिसि क्यामरा सहितको हाई मास लाईट जडान आज साँझ उद्घाटन हुने

मकवानपुर जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र हेटौंडा पछिको दोश्रो ठूलो बजारको रुपमा रहदै आईरहेको मनहरी बजार अब झिलिमिली बन्ने भएको हो ।

मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ७ मा अवस्थित मनहरी बजारको मुख्य बजार क्षेत्रको महेन्द्र राजमार्गको बिच भागमा सिसि क्यामरा सहितको हाई मास लाईट जडान गरिएको हो ।

उज्यालो मनहरी कार्यक्रम अन्तर्गत बत्ती जदान गरिएको हो । बजारलाई उज्यालो र सुरक्षा सहित बजार क्षेत्रको र राजमार्गमा हुने हरेक गतिबिधीलाई अब सिसि क्यामराले प्रत्येक्ष निगरानी राख्नेछ। जस्ले मनहरीमा हुने सवारी दुर्घटना र अन्य आपराधिक गतिबिधीलाई पहिचान गर्न मद्धत पुग्नेछ ।

उज्यालो मनहरी कार्यक्रम सम्पन्नको लागि २ बर्षको निरन्तर प्रयास पस्चात सम्भव भएको बत्ती जडानमा निरन्तर खटिदै आईरहनुभएका मनहरी गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष ठाकुर राम तितुङले बताउनुभयो ।शुक्रबार साँझ अबेर सम्म निरन्तर प्राबिधिकलाई परिचालन गरि बत्ती जडान गरिएको थियो ।

१५ मिटर अग्लो पोलमा ८ वटा हाई मास लाईट र ४ वटा सिसि क्यामरा रहनेछ । लाईटले मनहरी बजारको ३ सय मिटर वरपरका क्षेत्रमा उज्यालो दिनेछ । बत्तीसंगै नेपालको राष्ट्रिय झण्डाले मनहरी बजारलाई थप रौनकता प्रदान गरेकोछ ।

मनहरी गाउँपालिकाले सिसि क्यामरा सहितको बत्ती जडानलाई दश लाख रुपैया बिनियोजन गरेको थियो ।

बजार क्षेत्रमा ब्यबस्थित ढलको निर्माण सङ्गै रोडको बिस्तार समेत यसै आर्थिक बर्ष २०८१/०८२ मा हुँदैछ।
बत्ती जडान पस्चात अब चौबीसै घण्टा उज्यालो रहनेछ । मनहरी गाउँपालिकामै पहिलो पटक जडान गरिएको बत्तीको उद्घाटन आज शनिबार साँझ मनहरी गाउँपालिका अध्यक्ष/उपाध्यक्षद्वारा संयुक्त उद्घाटन गरिने कार्यक्रम रहेको मनहरी गाउँपालिका ७ नम्बर वडाका कार्य बाहक अध्यक्ष नमराज सुबेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.