मनहरी गाउँपालिकाको दूध किसानले लामो समय देखि भोग्दै आईरहेको दुधको भुक्तानी समस्या हल हुने भएकोछ । यसलाई मनहरीको कृषि क्षेत्रमा ब्रेक थ्रु मानिएकोछ । हजारौ किसानहरु प्रत्यक्ष रुपमा पशुपालनमा रहेको पालिकामा पालिकाले नै किसानहरुले उत्पादन गरेको दुध पालिकाले संकलन गरि दुध फ्याक्ट्रीलाई दिनेगरी पालिका अगाडि बढेको हो ।मनहरी गाउँपालिकाको अग्रसरतामा पालिकाले हेटौंडा डेरि ईन्डस्ट्रिज प्रा.लि. मकवानपुरसंग सम्झौता गरे संगै दूध किसानलाई राहत मिल्ने भएको हो । पालिका भित्रका दुग्ध किसानहरुबाट उत्पादित दुध संकलन गर्दै आईरहेको सहकारीहरुसङ्ग सहकार्य गर्दै दुध संकलन कार्यको बिधिवत रुपमा थालनी भएको घोषणा गरिएको हो ।
मनहरी गाउँपालिका भित्रका रहेका दूध किसानहरुले विभिन्न ६ वटा दुध सन्कलन केन्द्रहरु साना किसान कृषि सहकारी संस्था लि मनहरी-८ बाट ३ हजार १सय लिटर,साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला ,मनहरी-३ बाट दैनिक १हजार ८ सय लिटर,नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्था हांडीखोलाबाट १ हजार लिटर,चुरियामाई महिला सहकारी संस्था हांडीखोला ७ सय लिटर,संयुक्त जनजागृति दुध उत्पादक सहकारी मनहरी ६ बाट ३ सय लिटर र क्षितिज दुध उत्पादक सहकारी संस्था लिमिटेड मनहरी-१ बाट १ हजार २ सय लिटर गरि दैनिक ६ हजार भन्दा बढी दुध संकलन गर्दै आईरहेकोछ ।

पालिका भरीमै सबैभन्दा बढी दूध संकलन गर्ने सहकारी साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ बाट कार्यक्रमलाई औपचारिकता प्रदान गर्ने क्रममा पालिका अध्यक्ष, उपाध्यक्ष लगाएत अन्य जनप्रतिनिधि र दुध किसान समेतको सहभागितामा पालिकाले सम्झौता अनुसारको काम शुरु भएको घोषणा गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दूध किसानहरुको बर्सौ बर्ष देखिको समस्याको हल भएको भन्दै पालिकाले नै दुग्ध सस्थानसंग सम्झौता गरि किसानको दुधको बजारिकरण र निर्धारित समयमै दुधको भुक्तानी प्राप्त गर्ने बातबरण पालिकाले सृजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै अध्यक्ष कालाखेतीले दूध किसानहरुको झन्डै ३ महिना भन्दा बढी समयदेखिको बक्यौता कात्तिक महिना भित्रै तिर्ने र कात्तिक महिना देखि १५/१५ दिनमै दुधको भुक्तानि लिने गरि पालिकाले दोश्रो पक्षसंग सम्झौता गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथी तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले पालिकाले दूध किसानहरुको समस्यालाई मध्यनजर गर्दै किसानले उत्पादन गरेको दुधको उचित बजार र समयमै भुक्तानी नपाउने समस्याको निराकरण गर्ने उद्देश्यले लामो छलफल तथा परामर्श पस्चात पालिकाले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो । यसबाट अहिले किसानले धुटो चोकर किन्ने पैसा समेत नभएर पशुपालन बाटै पलायन हुन नपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथी तथा मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीले जनतालाई राहत हुने खालको यो कार्यक्रमले पक्कै पनि किसानको हित हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमको सभाध्यक्ष तथा साना किसान कृषि सहकारी सस्था लिमिटेड मनहरी ८ सिम्पानीका अध्यक्ष बिमला कार्कीले पालिकाको पछिल्लो निर्णय तथा कदमले थप हौसला प्रदान गरेको बताउनुभयो ।त्यस्तै किसानलाई मर्का नपरोस भन्दै साना किसानले महिना महिनामा भुक्तानी गरिदै आएको बताउनुभयो । साथै आगामी दिनमा किसानहरुको दुधको वास्तविक मूल्य र दुधको वास्तविक मापन हुन जरुरी रहेको भन्दै यस भन्दा अगाडी साना किसानले नोक्सान ब्यहोर्दै आईरहेको समेत गुनासो ब्यक्त गर्नुभयो । पालिकासङ्ग सस्थाका अध्यक्ष कार्कीले गोठ सुधारका कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभयो । अनुदानमा गोठ सुधारका कार्यक्रम आउन जरुरी छ अनि मात्रै किसानले ब्यबस्थित रुपमा गाई तथा भैंसी पालन गर्न सकिन्छ र लक्ष्य अनुरुप दुधमा आत्म निर्भर सहितको व्यावसायिकता अपनाउन सकिन्छ भन्नुभयो ।

सोही कार्यक्रमको अवसरमा पालिका अध्यक्ष तथा उपाध्यक्षद्वयले दूध गाडिमा लोडिन गर्न स्विच अन गरि औपचारिक रुपमा कार्यक्रमको शुरुवात भएको घोषणा गर्नुभएकोथियो । साना किसान कृषि सहकारी सस्था मनहरी ८ ले मात्रै दैनिक विभिन्न संकलन केन्द्रमा गरि ३ हजार १ सय लिटर दुध संकलन गर्दै आईरहेकोछ । कार्यक्रमको साना किसान कृषि सहकारी सस्था मनहरी ८ का प्रमुख ब्यबस्थापक ज्योती सुबेदीले सहजिकरण गर्नुभएको थियो ।